Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा संक्रमित भएका नेपालीमध्ये ९२ प्रतिशतले जिते कोरोना

विदेशमा संक्रमित भएका नेपालीमध्ये ९२ प्रतिशतले जिते कोरोना


काठमाडौं–विदेशमा कोरोना संक्रमित भएकामध्ये ९२ प्रतिशत नेपालीले कोरोना जितेका छन् । योसँगै विदेशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमणदर घटेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको संक्रमण अवस्थामा ख्याल राख्दै आएको छ । समितिले कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेखनीय तवरले कम भएको जनाएको छ । गैर आवासीय नेपाल संघले शनिवार साँझसम्म २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको जनाएको हो ।

समितिका डाक्टर संजीव सापकोटाले कतार, अष्ट्रेलिया, पोल्याण्ड, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमणको दर घटेको र संक्रमित हुने अवस्था पनि कम हुँदै आएको जानकारी दिए । उनका अनुुसार नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण फैलने क्रम जारी छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6