Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना, ओली–प्रचण्ड भेटवार्तादेखि सेयर बजारसम्मका खबर

कोरोना, ओली–प्रचण्ड भेटवार्तादेखि सेयर बजारसम्मका खबर


नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मंगलबार डेढ घण्टा एक्ला एक्लै वार्ता भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कार्यालयमा छापा हानेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेको छ । आज ५।०४ अंकले नेप्से परिसूचक बढेर १ हजार ३४७ दशमलव ४४ विन्दुमा आएर बन्द भएको छ । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।  लगायत खबरले आजका नेपाली सञ्चार माध्ययमा प्राथमिकता पाएका छन् ।

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, काठमाडौंमा २ जना भेटिए

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३६१ जनामा पिसीआर परीक्षणमा ११६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५ जना पुगेको छ ।
आज काठमाडौंका २ जनामा संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोमबार देशभर २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ६९५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

ओली प्रचण्ड बिच बुधबार छलफल हुने

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मंगलबार डेढ घण्टा एक्ला एक्लै वार्ता भएको छ ।
झण्डै एक हप्तापछि भएको दुई अध्यक्षबीचको भएको छलफलमा कुनै सहमति नभएको उनीहरुको सचिवालयले जनाएको छ ।
एक घण्टा बढी समय भएको भेटमा पुरानै कुरा दोहोरिएको बताइएको छ । असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्र तीव्र विवाद चुलिएको छ ।

तीन कार्यालयमा अख्तियारको छापा

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कार्यालयमा छापा हानेको छ । अख्तियारले आज जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल र घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँके छापा हानेको हो ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ रु। ९ लाख ३४ हजार घुस रकम सहित अख्तियारले नियन्त्रणमा लएको हो । श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना आधारमा आयोग टंगालबाट खटिई गएको टोलीले घुस रकम सहित दिक्तेल रुपाकोट मझुवागढी–१ स्थित वेसक्याम्प भित्र रहेको उनकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको आयोगले जनाएकोृ छ ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत ९सातौं तह० हुकुम बहादुर ओलीलाई नगद ९६ हजार ३ सय घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

मंगलबार ५ अङ्कले वढ्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेको छ । आज ५।०४ अंकले नेप्से परिसूचक बढेर १ हजार ३४७ दशमलव ४४ विन्दुमा आएर बन्द भएको छ ।
१८६ ओटा कम्पनीको १४ हजार ४८९ पटकको कारोबारमा ९९ करोड ४५ लाख ४५ हजार १०९ बराबरको २५ लाख ६८ हजार १२४ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १।९५ अंकले बढेर २ सय ८४।१८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

बाढिसितै बगेर आए १० वटा शव

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।
लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6