Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीलाई पदबाट हटाउने बेला आयो–गगन थापा

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने बेला आयो–गगन थापा


काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने बेला आएको बताएका छन् ।
सांसद थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीलाई प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राजनीतिक होइन भनेर नपन्छिन पनि आग्रह गरे ।

‘नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस्। अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्,’ मंगलबार  सांसद थापाले ट्वीट गर्दै भनेका छन् ।

सोमबार भनुभक्त आचार्यको जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्या वीरगन्ज नजिकैको ठोरी गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो ।

प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला मंगलबार सांसद थापाले प्रधानमन्त्री ‌ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले ‘अन्टसन्ट’ बोल्ने गरेको आरोप लगाए ।

‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो,’ थापाले ट्वीट गर्दै भने, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6