Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट फर्कनेहरुको पिसिआर अनिवार्य, रिपोर्टबिना घर जान नदिइने

विदेशबाट फर्कनेहरुको पिसिआर अनिवार्य, रिपोर्टबिना घर जान नदिइने


काठमाडौं– सरकारले विदेशबाट फर्कनेहरुको पिसिआर अनिवार्य गरेको छ । रिपोर्टबिना घर जान नदिइने भन्दै सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण अनिवार्य गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताएका थिए । अब सरकारले उद्दार गरेर नेपाल ल्याएकाहरुलाई पनि पिसिआरबिना कतै जान दिने छैन । यसअघि विदेशबाट उद्दार गरिएकाहरुलाई सरकारले पाँच दिन होल्डिङ सेन्टरमा राखेर पठाइने बताएको थियो । उद्दार गरिएका केहीलाई होल्डिङ सेन्टरमा पनि राखिएको थियो ।

विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ ।
हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले बताए । उनका अनुसार स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ । उनले भने, ‘पिसिआर भएन भने कोरोना व्याप्त हुन्छ, त्यसकारण पनि सरकार परिवारसँग घुलमिल हुन जानु अगावै रिर्पोट लिन चाहेको हो ।’ उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको बताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6