Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा लकडाउन अन्त्य, भदौदेखि लामो दुरीका यातायात खुल्ने

नेपालमा लकडाउन अन्त्य, भदौदेखि लामो दुरीका यातायात खुल्ने


काठमाडौं- सरकारले चैत ११ देखि सुरु गरेको लकडाउन झन्डै ५ महिनापछि अन्त्य गरेको छ । लकडाउन खुलेसंगै भदौ १ देखि विद्यालय भर्ना र परिक्षा सन्चालन गर्नेछ । बाढिका कारण एक महिनामा २ सय ६६ जनाको ज्यान गएको छ । त्यस्तै, नेकपाको वैठक दुई हप्ता पर सरेको छ । सोमबार नेपाली मिडियामा प्राथमिकता पाएका मुख्य खबर:

सकियो लकडाउन
गत चैत ११ गतेबाट जारी लकडाउन खुलेको छ । मंगलबार रातिबाट खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन् । आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने जानकारी दिए । सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छ ।

मंगलबार १५० कोरोना संक्रमित थपिए
मंगलबार १५० जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार कोरोनाभाइरसबाट नोभेल कोरोना भाइरसका १५० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ९५३ जनाको जनाको पीसीआर परीक्षण गरिएकोमा १५० संक्रमित थपिएका हुन् । प्रबक्ता गौतमका अनुसार अहिले देशभर सक्रिय संक्रमितको पाँच हजार ४सय ७७ रहेको छ भने तीन जिल्लामा रौतहट, कैलाली र बाजुरामा पाँच सय भन्दा सक्रिय संक्रमित रहेका छन् ।

एक महिनामा २ सय ६६ जनाको बाढी पहिरोले मृत्यु
एक महिनामा बाढी र पहिरोमा परेर नेपालमा २ सय ६६ जनाको मृत्यु भएको छ । मुलुकभर जारी अविरल वर्षाकै कारण ठाउँ ठाउँमा गएको पहिरोमा परेर ९८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको वर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानमा परेर ९९ जना घाइते भएका छन् ।

नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित
पार्टीभित्र देखिएको गतिरोध समाधान गर्न बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा १५ मिनेट बसेको बैठक मुलुकभर परेको बाढी, पहिरोको कारण १३ गतेसम्मको लागि स्थगित भएको नेता देबेन्द्र पौडेलले जानकारी दिए । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

भदौ १ देखि भर्ना र परिक्षा सन्चालन हुने
नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा कार्यक्रम १ भदौदेखि सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले सावधानी अपनाएर स्कुल खोलिने बताए । यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्न सरकारले आग्रह गरेको छ ।


ट्याग : #nepal, #news, #top news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6