Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलकडाउन खुलेपछि प्रहरीले गर्न थाल्यो कडाई, मनसुन कमजोर जोखिम कायमै

लकडाउन खुलेपछि प्रहरीले गर्न थाल्यो कडाई, मनसुन कमजोर जोखिम कायमै


नेपालमा लकडाउन खुलेपछि मापसे देखि अन्य कारबाहीमा प्रहरीले कडाई गरेको छ । बुधबार थप सयजनामा कोरोना देखिएको छ भने बाढिको जोखिम कायम नै छ । एकैदिन १६ उडान भएका छन् । बुधबार यीनै खबरले नेपाली मिडियामा प्राथमिकता पाएका छन् :

थप सय जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ वटा प्रयोगशालामा गरिएको ३ हजार ७७९ जनामा पिसीआर परीक्षणमा १०० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे बुधबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।
आज काठमाडौंका ३ जना कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कमजोर बन्दै मनसुन, बाढीको जोखिम कायमै
मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।

मापसे देखी अन्य कारबाहीमा कडाई

बुधबारदेखि ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गरेको छ ।र सरकारले ११ चैतदेखि गरेको लकडाउनको अन्त्य गर्दै सबै प्रकारका सवारीसाधन सञ्चालनको अनुमति दिएपछि ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।यसअघि ट्राफिक प्रहरीले कोभिड–१९ को जोखिम बढेको भन्दै सवारी जाँच गर्न छाडेको थियो ।

मास्क प्रयोग नगर्नेबाट १ लाख असुली
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व संकलन गरेको छ। कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व संकलन गरेको हो । उक्त रकम प्रशासन कार्यालयको खातामा राखिएको छ । मास्क नलगाएपछी यस्तो कडाई गरिएको हो ।

एकैदिन १६ उडान
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १६ वटा आन्तरिक उडान भएका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान रहेको अध्यागमन विभागले जनाएको हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए । यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौं ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6