Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजन्मकैदको सजाय पाएको पुर्ब डिआइजी ८ बर्षमै छुटे, रोकिएका सबै परिक्षा त्रिविले दशै अघि नै सकाउने

जन्मकैदको सजाय पाएको पुर्ब डिआइजी ८ बर्षमै छुटे, रोकिएका सबै परिक्षा त्रिविले दशै अघि नै सकाउने


श्रीमती हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । नेपालमा ओहोरदोहोर बढेपछि कोरोना सङ्क्रमित झन् बढेका छन् । त्रिविले रोकिएका जाच दशै अघि नै सक्नेलगायत खबरले बिहिवार नेपाली मिडियामा प्राथमिकता पाएका छन् ।

निको हुने धेरै, सङ्क्रमित हुने थोरै
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ४८१ जनामा पिसीआर परीक्षणमा १४७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे बिहीबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । बिहिवार काठमाडौंका ५, ललितपुरका २ र भक्तपुरका २ जना गरी काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पत्नी हत्याका अभियुक्त पुर्ब डिआइजी कारागार मुक्त
श्रीमती हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले उनलाई जेलमुक्त गर्ने फैसला सुनाएको थियो । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । सर्वोच्चको आदेशपछि सजाय भुक्तान गरेर उनी आज जेलमुक्त भएका हुन् ।

त्रिबिका रोकिएका सबै जाच दशै अघि गरिने
त्रिविका स्थगित परीक्षा दशैं अघिनै सम्पन्न गर्ने तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । ‘हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ’, उनले भने, ‘तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।’

विनास रोक्न विकास नीती परिवर्तन गर्नुपर्छ: गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको भन्दै यसलाई फेर्नुपर्ने बताएका हुन् । थापाले बिकास नीती उल्लेख गर्दै यसलाई परिवर्तन गर्नुपर्ने बर्तमान आवश्यकता औँल्याए । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ ।’

दोहोरो अंकले बढ्यो नेप्से
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.१३ अंकले बढेको छ । आज नेप्से १०.१३ अंकले परिसूचक बढेर नेप्से १ हजार ४४२.६१ विन्दुमा आएर कारोबार बन्द भएको छ । १८७ ओटा कम्पनीको २८ हजार ६४९ वटा कारोबारमा १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रुपैयाँ बराबरको ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.७४ अंकले बढेर ३ सय ३.९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6