Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगोलकोष्टमा सवारी दुर्घटनामा ४ को मृत्यु

गोलकोष्टमा सवारी दुर्घटनामा ४ को मृत्यु


ब्रिजवेन, कुइन्सल्याण्ड राज्यको पर्यटकिय शहर गोलकोष्टमा सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ ।
कुईन्सल्याण्ड प्रहरीका अनुसार गोलकोष्टको एडभान्स टाउनमा शनिवार दिउसो दुई वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको हो । एउटा गाडीको चालकले नियन्त्रण गुमाएर विपरित दिशाबाट आईरहेको गाडीसंग ठोक्किएको प्रहरीले विज्ञप्तीमार्फत जनाएको छ ।
घटना स्थलमा आपतकालिन सेवादल पुगेको थियो । मृत्यु हुने चारै जना पहिलो गाडीमा सवारी रहेको प्रहरीको भनाई छ । सामान्य घाइते अर्को सवारीका चालकको भने गोलकोष्टमा उपचार भईरहेको छ । प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे छ । शनिवार दिनभरी नै ब्रिजवन र गोलकोष्ट क्षेत्रमा वर्षा भईरहेको छ । जसले सडकमा यात्रा गर्दा जोखिम बढाएको छ।  photo – QLD police



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6