Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपर्यटकको माग : भीसा म्याद थपेर नेपालमै केही समय सुरक्षित बस्न चाहान्छौँ

पर्यटकको माग : भीसा म्याद थपेर नेपालमै केही समय सुरक्षित बस्न चाहान्छौँ


काठमाडौं । बन्दाबन्दीका कारण घुम्न नपाएको भन्दै विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटकहरुले भिसा म्याद थप गरिदिन नेपाल सरकारसँग माग गरेका छन् । बन्दाबन्दी अघि विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकले पोखरामा पत्रकार सम्मेलन नै गरेर कोभिड–१९ का कारण जारी बन्दाबन्दीले पोखरा र आसपासका क्षेत्र घुम्न नपाएको साथै तत्काल स्वदेश फर्कदा कोराना सङ्क्रमणको जोखिमसमेत रहने भन्दै भिसा म्याद थपिदिन माग गरेका हुन् ।

नेपाल सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने र म्याद सकिएर बसेका पर्यटकलाई १५ दिनपछि स्वदेश फर्कन आग्रह गरेसँगै विदेशी पर्यटकले भ्रमणको उद्देश्य पुरा नभएको तथा स्वदेश फर्किदा जोखिम हुने भन्दै म्याद थपको माग गर्नुपरेको बताएका छन् । अमेरिकी नागरिक रोक्सी गुलियानोले नेपालमै बढी सुरक्षित महसुस गरेको र परिवार तथा आफन्तले समेत नेपालमै सुरक्षित रहन भनेकाले समय थपको माग गरेको बताए । उनले बन्दाबन्दीका कारण चाहे जसरी नेपाल घुम्न नपाएको सुनाए । अर्का अमेरिकी नागरिक यमीले दोस्रो चोटी नेपाल घुम्न आएको अनुभव सुनाउँदै कोभिड–१९ को प्रभाव अमेरिका उच्च रहेकाले नेपालमै सुरक्षित तरिकाले केही समय बस्न चाहेको बताए ।

बेलायतका नागरिक लिन्डा र क्लिभ ग्रिल्सले नेपाल घुम्ने चाहना हुँदाहुँदै पनि बन्दाबन्दीले घुम्न नपाएको जनाए । अझै केही समय नेपालमै बस्न चाहेका उनीहरुले अक्टुबर नोभेम्बरको समयमा पदयात्रा गर्ने चाहना राखे । उरुग्वेका मार्टिनले तत्काल घर फर्कन खर्चिलो र जोखिम भएकाले केही समय नेपालमा बस्ने इच्छा व्यक्त गरे । अष्ट्रेलियाका नागरिक फ्रान्सिसकाले नेपालभरी अहिले करिब एक हजार ५०० पर्यटक रहेको र उनीहरु सबै तत्काल स्वदेश फर्कने भन्दा पनि भीषा म्याद थपेर केही समय यतै बस्ने योजनामा रहेको सुनाए ।

पोखरामा रहेका करिब ३०० देखि ४०० पर्यटक मध्ये अधिकांशको भिसा म्याद थप सकिएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले नेपाल सरकारले आगामी भाद्र १ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने र म्याद थप गरेर बसेका पर्यटकलाई स्वदेश फर्कन आग्रह गरेपछि पोखरामा रहेका केही समय नेपालमै थप समयको माग गरेर बस्न चाहेका पर्यटकलाई बस्न दिनुपर्ने धारणा राख्नुभयो ।

भाद्र १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुने भएकाले पर्यटन क्षेत्रमा पनि पर्यटकको खाँचो रहने भएकाले नेपालमा रहेका पर्यटकको भिसा म्याद थप गरेर नेपालमै रोक्न सके पर्यटन क्षेत्रका गतिविधि केही चलायमान हुने आशा पर्यटन व्यवसायीले गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6