Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजुलाई ३० मा सिड्नीबाट नेपाल उड्ने विमानकाे समय तालिका फेरियाे

जुलाई ३० मा सिड्नीबाट नेपाल उड्ने विमानकाे समय तालिका फेरियाे


ब्रिजवेन,काेराेनाका कारण अष्ट्रेलियामा अड्किएका नेपाली लिएर काठमाडौ जाने विमानको समय तालिका परिवर्तन भएको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलका अनुसार नयाँ तालिकामा बिहीबार साँझ ५:१५ मा विमान सिड्नीबाट उड्नेछ ।
यसअघि बिहान ६ बजे उड्ने तालिका थियो । सबेरै उडान भएकाले ३ बजे नै विमानस्थल पुग्नुपर्ने बाध्यताबाट राहत मिलेको बताउनुभयो । साँझ उडेको विमान भोलिपल्ट विहान काठमाडौं पुग्नेछ । विहान ६ बजे मात्रै काठमाडौंमा विमानस्थल खुल्ने भएकोले त्यसै अनुसार मलेसियाबाट विमान उड्नेछ ।
मलेसियाको मालिन्डो एयरमार्फत यस पटक नेपाली यात्रुहरु सिड्नीबाट काठमाडौं जान लागेका हुन् ।
विमान ईन्डोनेसिया, मलेसिया हुँदै काठमाडौं पुग्नेछ । मालिन्डो एयरले अष्ट्रेलियासँग यही रुटमा उडानको ईजाजत लिएका कारण ४० मिनेटका लागि भएपनि ईन्डोनेसियामा रोक्नुपर्ने भएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6