Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपहेँलो धातुमा प्रहरी अनुसन्धान, १५ किलोमा आधा किलोमात्रै सुन !

पहेँलो धातुमा प्रहरी अनुसन्धान, १५ किलोमा आधा किलोमात्रै सुन !


काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरण बिवादित बनेको छ । प्रहरीले पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट देवान पटेल, विजय पटेल र निलेश सखिया लाई पक्राउ गरेपनि प्रहरीले नक्कली घटनास्थल बनाएर अभियुक्त भगाएको, माथिल्लो निकायलाई जानकारी नदिएको र नाकामा समेत बेलैमा खबर नगरेको पाइएको हो ।

स्कार्पियो गाडीमा सामान ल्याएका उनीहरुले साउन १३ गते कमलादीस्थित नबिल बैंक अगाडीबाट १५ किलो पहेँलो धातु फलेर भागिएको भन्दै महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटना बिवरण तयार गरेपनि उक्त क्षेत्रमा नभई सुन्धारा क्षेत्रमा घटना भएको पाइएको छ । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिदा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गले नै गम्भिर लापरबाही गरेको पाइएको छ । छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटनामा डीएसपी दाहाल मात्रै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको सार्वजनिक गरेकोमा छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । सार्वजनिक गरिएको गाडी नम्बर एउटा र घटनालगत्तै थापाथलीस्थित ट्राफिक प्रहरीलाई बा ६ च ५५११ गडी नम्बर उपलब्ध गराएर अनुसन्धानमा गम्भिर लापरबाही गरिएको खुलेको छ ।

गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको भनिएपनि धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको छ । घटनामा काठमाडौं प्रहरी र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको नियत थियो वा लापरबाही मात्र भन्ने विषयको निष्कर्षका लागि छानविन समितिको अन्तिम प्रतिवेदन कुर्नुपर्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6