Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर

नेपालका प्रमुख पाँच खबर


काठमाडौं । सत्तारुढ नेकपा भित्रको अन्तरकलह अझै जारी नै रहँदा कोरोना कहर पनि टरेको छैन । अझ मनसुनी बाढी र पहिरोको प्रकोपले देशभर ठूलो जनधनको क्षती गरेको छ । पूर्वाधार निर्माणमा ठेकेदारको ढिलासुस्तीदेखी पशुपति क्षेत्रको विकासका नाममा देखिएका वद्मासी, भ्रष्टाचार बिरुद्ध खारो अभिव्यक्ति दिने कर्मचारी प्रेम सञ्जेल कुटिएका खबर र इनफ इज इनफ आन्दोलन बारेका घटनाहरु नेपालमा भइरहेका छन् । नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

नेपालमा कोरोना कहर
पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएसँगै १४ हजार ४९२ ले कोरोना जितेका छन् । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । शनिबार मात्रै पनि नारायणी वयोधा अस्पतालमा २ जना संक्रमितको निधन भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको छ । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेपनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

ईनफ इज इनफलाई कांग्रेसको साथ
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सडक आन्दोलन हुँदै अहिले सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियान्ताहरुको मागमा नेपाली कांग्रेसले समर्थन जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अगस्ट १ मा इनफ इज इनफ अभियानका सत्याग्रहीहरुलाई भेटेर ऐक्यबद्धता जनाउनु भएको हो । सभापति देउवाले युवाहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।बालुवाटार हुँदै देशव्यापी बनेको आन्दोलनपछिको पहिलो अनसनका क्रममा सरकारले माग सम्बोधन गर्ने भन्दै सम्झौता गरेपनि पुरा नगरेपछि साउन ३ देखी अभियन्ताहरु पुनः वसन्तपुरमा अनसन बसिरहेका छन् । अभियन्ता ई लगायत युवाले कोरोना भाइरसरोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका मागसहित सत्याग्रहमा बसेका छन् ।

 प्रेम सञ्जेलमाथी कार्यालयमै कुटपिट
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन् । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेल शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटिएका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा दुई महिला कर्मचारी पक्राउ परेका छन् । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनीहरु दुबै करारका कर्मचारी हुन् । पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार हुँदा सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको प्रारम्भिक जानकारी पाएको र अन्य अनुसन्धान जारी रहेको बताउँछ ।

पशुपति क्षेत्रको गुरुयोजनामा मन्त्रीकै असन्तुष्ठि
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई स्वीकार नगर्ने स्पष्ट पार्दै मन्त्री भट्टराईले सामाजिक सन्जाल ट्वीटरमार्फत् यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ ।स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिका साथै स्थानीले समेत विरोध गर्दै आएका छन् ।

काम नगर्ने ठेकेदार कारवाहीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयका अनुसार पप्पु नेपाल प्रगति जेभी‚ नयाँ बानेश्वरलाई २ वर्षका लागि, चमैता निर्माण सेवा‚ इलामलाई १ वर्षका लागि र माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स‚ नैकापलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कालोसूचीमा राखिएको छ । कालोसूचीको अवधिभर यी ठेकेदार कम्पनीले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा सहभागिता पाउने छैनन् । पप्पु–नेपाल प्रगति जेभिले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा काम गर्न नसकेपछि राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले, चमैता निर्माण सेवालाई इलाम नगरपालिका र माँ सन्तोषी कन्स्ट्रक्सनलाई त्रिभुवन विश्वविद्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6