Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडब्लुएचओले भन्यो-‘कोरोनाको उपयुक्त खोप पत्ता नलाग्नसक्छ, सावधान बनौँ’

डब्लुएचओले भन्यो-‘कोरोनाको उपयुक्त खोप पत्ता नलाग्नसक्छ, सावधान बनौँ’


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश गरिदैगर्दा उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि कायमै रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पत्रकार सम्मेलन मार्फत अहिले कुनै पनि सिल्भर बुलेट छैन–र कहिल्यै नहुन पनि सक्छ भन्दै विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिल गरेका हुन् ।

डब्लुएचओले केही खोपहरु अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा रहेकोले संक्रमणबाट जोगाउने खोप प्राप्त हुने आशा गर्नु स्वभाविक भएपनि तत्कालका लागि महामारी नियन्त्रणमा लिने उपलब्ध उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको जानकारी दिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टिनमा राखिनुको विकल्प तत्कालका लागि नभएको दाबी गर्दै डब्लुएचओले कोरोना भाइरसको उत्पत्ति वा संक्रमणको सुरुवात बारे भएको अनुसन्धानको पहिलो चरण सकिएको जानकारी दिएको छ ।

सरुवा रोगविज्ञहरुले चीनको वुहानस्थित मासु बजारबाट जनावर हुँदै मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको आँकलन गरेपनि एकिन भएको छैन । डब्लुएचओले दूधबाट संक्रमण नफैलिने दाबी गर्दै कोरोना भाइरसको संक्रमण भएका आमाहरुलाई समेत सन्तानलाई स्तनपान जारी राख्न आग्रह गरेको छ ।
विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ८४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यी मध्ये ६ लाख ९७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6