Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगण्डकी प्रदेशसँग व्यवसायीको माग, नेपालमा रहेका पर्यटकको भिसा थपेर मानविय सहयोग गरौँ

गण्डकी प्रदेशसँग व्यवसायीको माग, नेपालमा रहेका पर्यटकको भिसा थपेर मानविय सहयोग गरौँ


काठमाडौं पोखरा । पोखरा चेम्बर अफ कमर्स नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ । अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएपछि चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष यस्तो अनुरोध गरेको हो ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । उनले कोरोना महामारीको वर्तमान अवस्थालाई ख्याल गरेर नेपालमै केही समय बस्न चाहाने पर्यटकलाई सहयोग गर्नुपर्ने जिकिर गरे ।  पर्यटन बोर्डका अनुसार लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक बसिरहेका छन् ।

विभिन्न कारणले नेपालमा बस्दैआएका पर्यटकलाई भिसा समय थप गरी बस्ने वातावरण मिलाउनुपर्ने माग उठेपनि पर्यटन वोर्ड अध्यागमन लगायतका सरोकारवाला निकायले केही बोलेका छैनन । केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोप बढीरहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन् । यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्ने भन्दै नेपालका पर्यटन व्यवसायीले दबाब दिए पनि सुनुवाई भएको छैन । १५ दिनको समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएका नेपाल अड्किएका पर्यटक फर्कन सम्भव पनि देखिदैन ।

पोखरा चेम्बर अफ कमर्सले प्रदेश मन्त्रालयमा बुझाएको पत्रमा नेपालमा रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहात पुग्ने दाबी गरिएको छ । नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन समेत इन्कार गरिरहेका छन् । पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन नै गरेर तत्काल स्वदेश फर्कन नचाहेको भन्दै भिसा समय थपेर सहयोग गरिदिन अपिल गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6