Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट फर्किए १ हजार ८३ नेपाली । अर्को उडान कहिले

अष्ट्रेलियाबाट फर्किए १ हजार ८३ नेपाली । अर्को उडान कहिले


सरल गुरुङ/ब्रिजवेन, अगष्ट ६ तारिखमा अष्ट्रेलियाबाट २ सय ९८ जना नेपाली स्वदेश फर्किएका छन् । सिंगापुर एयरको विमान चढेर नेपालीहरु राति साढे ९ बजे सिड्नीबाट सिंगापुर हुदै नेपाल फर्किएका हुन् ।

स्थानिय समय अनुसार आज दिउसो १२ बजे र १ बजे उनीहरु काठमाडौ उत्रिदै छन् । सिड्नीबाट एउटै ठुलो विमानमा गएपनि सिंगापुरबाट भने दुइ साना जहाजमा उनीहरुलाई काठमाडौ लगिन लागिएको हो । खासगरी छोराछोरी भेट्न आएका अभिभावकहरु कोरानोका कारण सिमा बन्द हुदा यत्तै अड्किएका थिए । यता अड्किएका झण्डै १३ सय नेपालीले स्वदेश फर्कन पाउ भन्दै दूतावासमा निवेदन दिएका थिए । उनीहरुमध्ये हालसम्म १ हजार ८३ जना स्वदेश फर्किएका हुन् ।

अगष्ट ६ तारिखमा सिड्नी विमानस्थलबाट २९८ जना नेपाली स्वदेश फर्कने क्रममा Photo- NRNA

यस्तो छ उडान शिलशिला

अष्ट्रेलियाका नागरिक लिएर तीन पटकसम्म नेपाल एयरलाइन्सको विमान अष्ट्रेलिया आएपनि ती विमानहरु रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपाली नागरिकको पनि उद्दार गनुपर्ने दवाव सृजना भएको थियो । ती विमानमा यताबाट नेपाली फर्काउन नेपाली दूतावास र राजदूत महेश दाहालले गर्दै आएको प्रयास पटक पटक असफल हुदै आएको थियो । व्यापक जनदवाव सृजना भएपछि नेपाल सरकारले आफ्ना नागरिक उद्दार गर्ने देशहरुको सूचीमा अष्ट्रेलिया पनि पार्यो । त्यसको केही सातामा नेपाल सरकार र दुतावासले अष्ट्रेलियाबाट नेपाली उद्दार गर्न सुरु गर्यो । सुरुका दुइ उडान नेपाल एयर लाइन्सको विमानबाट भएको थियो । सरकारकै पहलमा भएको उक्त उडानमा भाडा निकै महंगो भएको भन्दै विरोध भएपछि दूतावासले गैर आवासिय नेपाली संघसंग मिलेर सस्तो भाडाको विमान खोज्ने प्रयास सुरु गरेको हो ।

त्यहि प्रयासको क्रममा नेपाली दूतावास क्यानवेराको पहलमा गैरआवासिय नेपाली संघ, अष्ट्रेलियाका नेपाली संस्थाहरुको छाता संगठन फेन्का, चिकित्सकहरुको संस्था एम्डा र पत्रकारहरुको संस्था एन्जासहितको उद्दार समिति गठन भयो । त्यहि समितिले सार्वजनिक सुचना जारी इच्छुक ट्राभल एजेन्सी खोजी गर्यो । जसमा नेपाल र अष्ट्रेलियाका १२ ट्राभल एजेन्सीले आवेदन दिए । जसमध्ये ६ वटाले मिलेर उडान गर्ने सहमति जनाएका थिए । तर, पछि ट्राभल एजेन्सीहरु मिल्न सकेनन् र उनीहरुले छुट्टा छुट्टै चाटर्ड गरे । छुट्टा छुट्टै रुपमा ट्राभल एजेन्सीले उडान व्यवस्थापन गरेपनि भाडा दर भने यसअघि नेपाल सरकारले व्यवस्थापन गरेको भन्दा निकै सस्तो पर्यो ।

जुन २३ –नेपाल एयरलाइन्सको चाटर्ड विमानले सिड्नीबाट काठमाडौका लागि उडान भरेको थियो । जसमा कोरोनाका कारण अष्ट्रेलियामा रोकिएका २५७ जना नेपाली स्वदेश फर्किएका थिए । यो उडानको भाडा १६ सय ५० अमेरिकी डलर थियो । यो विमान उडानको व्यवस्थापन नेपाल सरकार, दूतावास र नेपाल एयरले मिलाएको थियो ।

जुन २७- नेपाल एयरलाइन्सकै अर्को चाटर्ड विमानले मेलवर्नबाट काठमाडौका लागि उद्दार उडान भरेको थियो । यो अष्ट्रेलियाबाट भएको दोस्रो उद्दार उडान हो । यसमा २०९ जना नेपाली स्वदेश फर्किएका थिए । यो उडानको प्रतिव्यक्ति भाडादर पनि १६५० अमेरिकी डलर नै थियो । यो विमान उडानको व्यवस्थापन नेपाल सरकार, दूतावास र नेपाल एयरले मिलाएको थियो ।

जुलाई १४ – सिंगापुर एयरमार्फत सेमि चाटर्ड विमानबाट १ सय ४९ जना नेपाली अष्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । दूतावासको संयोजनमा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले खुल्ला प्रतिष्प्रधामार्फत ट्राभल एजेन्सीहरु छनोट गरि सस्तो दरमा उडानको व्यवस्था गरेको हो । अष्ट्रेलियाको सिड्नी, मेलवर्न र ब्रिजवेनबाट नियमित उडान मार्फत सिंगापुर पुगेका नेपालीलाई त्यहाबाट विमान चाटर्ड गरेर स्वदेश फर्काइएको हो । ६ वटा ट्राभल एजेन्सीलाई संयुक्त रुपमा व्यवस्थापन गर्ने जिम्मा दिएपनि टिकट काट्ने काम भने सिड्नीको एभरेष्ट ट्राभल्सलाई दिइएको थियो । विमानको व्यवस्थापन गरेबापत २५ डलर सेवाशुल्क सबै ट्राभल एजेन्सीलाई बराबर बाड्ने सहमति भएको थियो ।

जुलाई ३०- सुमेघ ट्राभलको व्यवस्थापनमा मालिन्डो एयरमार्फत सिड्नीबाट १ सय ६० जना नेपाली स्वदेश फर्किएका हु्न् । भाडा ११ सय २० अमेरिकी डलर तोकिएको थियो ।

अगष्ट ६ –एभरेष्ट ट्राभल र दा भिन्ची ट्राभलले संयुक्त रुपमा उडानको व्यवस्थापन गरेको हो । सिड्नीबाट २९८ जना एउटै विमानमा सिंगापुर पुगेर त्यहाबाट दुइ विमानमा बाडिएर नेपालीहरु स्वदेश फर्किएका हुन् । यो उडानको भाडा १६२५ अष्ट्रेलियन डलर तोकिएको छ ।

टिमवर्कले संभव भयो

छोटो समयमै तीन वटा विमान चाटर्ड गरेर नेपालीलाई स्वदेश फर्काउनु त्यत्ति सजिलो कार्य थिएन । नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान नहुनु र दुबै देश कोरोनाको संकटसंग जुधिरहेकाले पनि यो कार्य थप जटिल बनेको थियो । तर, यो विषम परिस्थितीमा पनि समुदाय मिल्दा उद्दार उडान संभव भएको एनआरएनए अध्यक्ष तथा उद्दार समितिका संयोजक केशव कँडेलले बताउनुभयो ।
‘यो विषय हाम्रा लागि पनि नौलो थियो, त्यहि माथी कोरोनाको कहरका बिचमा विमान चाटर्ड गरेर उद्दार गर्नु निकै चुनौतिपूर्ण थियो’- कँडेलले भन्नुभयो- ‘तर, नेपाल सरकार, दूतावास, सामाजिक संघसंस्था, पत्रकार र समुदायले साथ दिदा उडान संभव भएको हो ।’

मेलवर्नबाट भएको उद्दार उडानका क्रममा विमानस्थल पुग्नुभएका भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएनएका अध्यक्ष केशव कँडेल, एन्जाका महासचिव चिरञ्जिीवी देवकोटा लगायत

पहिलो विमान चाटर्ड गर्दा सुरुमै ५६ हजार डलर विमान कम्पनीलाई तिर्नुपर्ने र स्वदेश फर्कने यात्रुहरुको संख्या पनि एकिन नभएकाले पैसा डुब्ने हो कि भन्ने चिन्ता पनि थियो कँडेलले भन्नुभयो ।  मिलेर काम गर्दा प्रतिकुल अवस्था पनि सफलता पाइदो रहेछ भन्ने पाठ सिकेको कँडेलको दाबी छ । सस्तो दरमा विमान चाटर्ड गरि नेपालीलाई स्वदेश फर्काउने कार्यमा लाग्ने सबैलाई कँडेलले धन्यवाद समेत दिनुभएको छ ।

अर्को उडान कहिले 

हालसम्म अष्ट्रेलियाबाट ५ वटा उडान भएको छ । जसमा पहिलो दुइ वटा नेपाल सरकारले र बाकी तीन वटा एनआरएनएको नेतृत्वमा अष्ट्रेलियामा गठन भएको उद्दार समितिल व्यवस्थापन गरेका हुन् । राजदूतावासमा भरेको विवरण अुनसार अझै पनि २ देखि ३ सय नेपाली अष्ट्रेलियामै अड्किएका छन् । उनीहरुलाई स्वदेश फर्काउन अर्को उडान कहिले हुन्छ त ? भन्ने प्रश्न अहिले उठ्न थालेको छ ।
एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार अगष्ट ६ तारिखपछि अर्को विमान कहिले चाटर्ड गर्ने भन्ने टुंगो लागेको छैन । संभवत एनआरएनएको पहलमा अब उडान नहुने पनि गुरुङको भनाई थियो । तर, निजी कम्पनीहरुले भने उडान गर्न सक्ने उहाँको भनाई थियो । तर, यात्रुहरुको माग आएमा थप उडान गर्न पनि एनआरएनए सकारात्मक रहेको अध्यक्ष कँडेलको भनाई छ ।
त्यस्तै यसअघि डलरको भाउका कारणले यात्रुले केही रकम धेरै तिरेका थिए । धेरै भएको रकम एक साताभित्र यात्रुलाई फिर्ता गरिसक्ने समेत क“डेलको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6