Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका पछिल्लो २४ घण्टाका प्रमुख पाँच खवर

नेपालका पछिल्लो २४ घण्टाका प्रमुख पाँच खवर


काठमाडौं । नेपालमा धेरै घटनाक्रमले चर्चा र समाचारका रुपमा महत्व पाइरहेका छन् । पछिल्लो २४ घण्टाका प्रमुख पाँच खवर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ६३८ जनामा कोरोनाका संक्रमित थपिएका छन् । एकै दिन संक्रमित थपिएको लकडाउन खुलेपछिको यो पहिलो रेकर्ड हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभरका प्रयोगशालामा १० हजार ४६२ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंका ११०, ललिपतुरका १६, भक्तपुुरका ८ सहित पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३र३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३र१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जना, कास्की र सुर्खेतका ५र५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३र३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २र२, रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

गोंगबु काण्डकी आरोपी सार्वजनिक
काठमाडौंको गोंगबुस्थित आफ्नै डेरामा बोलाएर रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बोहराको हत्यामा संलग्न आरोपित चितवन घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो । बोहरो हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरिएको छ ।

शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुरले उनीसँगै बसेर मादकपदार्थ सेवन गरेको अनुसन्धानबाट खुलेको छ । पछि कृष्णबहादुरलाई दहीमा स्लिपिङ ट्याबलेट घोलेर खुवाएकी कल्पनाले उनी बेहोस भएपछि हथौडाले संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको खुल्न आएको छ । हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर कोठाभन्दा ५० मिटर नजिकैको खाली ठाउँमा फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । भागेर माइती गएको बेला सोमबार दिउँसो टाँडीबाट कल्पनालाई प्रहरीले पक्राउ गरेको थियो । घटनाका बारेमा प्रहरीले विस्तृत रुपमा अनुसन्धान गरिरहेको छ ।

रुकुम सोती घटनाका मृतक परिवारलाई १० लाख राहत
सरकारले पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहात उपलब्ध गराउने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहात दिने गरेको सरकारले घाइतेहरुको सम्पूर्ण खर्चपनि व्यहोर्ने भएको छ ।

सगरमाथा सफाई अभियानलाई गिनिज वल्ड रेकर्ड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित नौं वटा संस्था मिलेर २०७६ वैशाखको पहिलो सातादेखि सुरु गरिएको ४६ दिन लामो सगरमाथा सफाई अभियानलाई गिनिज वर्ल्ड रेकर्डले विश्व कीर्तिमानको प्रमाणपत्र दिएको छ । गिनिज वर्ल्ड रेकर्डले सफाई अभियानलाई सबैभन्दा लामो सगरमाथा सफाई अभियानको उल्लेख गर्दै यो अभियानको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डियन मन्त्रालयलाई प्रमाणपत्र प्रदान गरेको हो । प्रमाणपत्र हस्तान्तरण गर्ने गिनिजको कार्यक्रम भएपनि कोरोना महामारीका कारण प्रतिनिधिहरु नेपाल आउन नसकेपछि मन्त्रालयका तर्फबाट पर्यटन विभागकी निर्देशक मिरा आचार्यले प्रमाणपत्र बुझेंको बताउनुभयो ।

अभियानमा मन्त्रालयबाहेक नेपाली सेना, वन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश १ को उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय, सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति र नेपाल पर्वतारोहण संघ सहभागी थिए । यी सबै निकायले यो अभियानका लागि २ करोड ३२ लाख बजेट विनियोजन गरेका थिए । स्थानीय तहको पहलमा पहिलोपकट सगरमाथा हिमाल सफाईमा पुगेको टोलीले ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार शिविरदेखि ७ हजार ९ सय मिटर उचाई (साउथकोल) सम्म सफाई गरेको टोलीले चार वटा अलपत्र आरोहीहरुको शवसँगै १० हजार ३ सय ८६ किलोग्राम फोहोर संकलन गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय बिरुद्ध अल्पकालीन अन्तरिम आदेश
उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी जारी गरेको हो । भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न समेत आदेश दिएको छ । अधिवक्ता अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको छ । जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6