Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसगरमाथा सफाई अभियानलाई गिनिज वल्ड रेकर्ड

सगरमाथा सफाई अभियानलाई गिनिज वल्ड रेकर्ड


काठमाडाैं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित नौं वटा संस्था मिलेर २०७६ वैशाखको पहिलो सातादेखि सुरु गरिएको ४६ दिन लामो सगरमाथा सफाई अभियानलाई गिनिज वर्ल्ड रेकर्डले विश्व कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

गिनिज वर्ल्ड रेकर्डले सफाई अभियानलाई सबैभन्दा लामो सगरमाथा सफाई अभियानको उल्लेख गर्दै यो अभियानको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डियन मन्त्रालयलाई प्रमाणपत्र प्रदान गरेको हो । प्रमाणपत्र हस्तान्तरण गर्ने गिनिजको कार्यक्रम भएपनि कोरोना महामारीका कारण प्रतिनिधिहरु नेपाल आउन नसकेपछि मन्त्रालयका तर्फबाट पर्यटन विभागकी निर्देशक मिरा आचार्यले प्रमाणपत्र बुझेंको बताउनुभयो ।

अभियानमा मन्त्रालयबाहेक नेपाली सेना, वन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश १ को उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय, सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति र नेपाल पर्वतारोहण संघ सहभागी थिए । यी सबै निकायले यो अभियानका लागि २ करोड ३२ लाख बजेट विनियोजन गरेका थिए । स्थानीय तहको पहलमा पहिलोपकट सगरमाथा हिमाल सफाईमा पुगेको टोलीले ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार शिविरदेखि ७ हजार ९ सय मिटर उचाई (साउथ) सम्म सफाई गरेको टोलीले चार वटा अलपत्र आरोहीहरुको शवसँगै १० हजार ३ सय ८६ किलोग्राम फोहोर संकलन गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6