Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : चर्चाका प्रमुख पाँच खबर

नेपाल अपडेट : चर्चाका प्रमुख पाँच खबर


काठमाडौं । कोरोना कहर, शिक्षामा देखिएको प्रभाव, आप्रवासी नेपाली कामदार बारेको चासो, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा गरिएका कडाई लगायतका खबर नेपालमा चर्चाका प्रमुख खबर बन्दै आएका छन् । यस्ता छन्, पछिल्लो २४ घण्टाका प्रमुख पाँच खबर ।

कोरोना अपडेट
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने ९७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोना भाइरस संक्रमणबाट १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०९ जना डिस्चार्ज भएर कोभिड अस्पतालबाट घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५, मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०र०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा, इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३र३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २र२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १र१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

आप्रवासी कामदारको अधिकार संरक्षण गर्न माग
राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्नेगरी तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानूनी काम रोक्न सरकारलाई कूटनीतिक पहल गर्न अनुरोध गरेको हो ।

काम गरेको अवधिको पूरा तलब सुविधा र भुक्तानी नदिने, जबर्जस्ती श्रमबाट निकाल्ने, मापदण्डभन्दा अधिक समय वा जोखिमयुक्त अवस्थामा काम गराउनेजस्ता श्रम अधिकार हननबाट नेपाली श्रमिकलाई जोगाउने भुमिका सरकारले खेल्नुपर्ने आयोगले सुझाव दिएको छ । श्रम गरिरहेका देशमा मानव अधिकार र श्रम अधिकार हननमा पारिएका तर स्वदेश फिर्तीका लागि हवाई टिकटलगायत खर्च आफैँले व्यहोर्नुपर्ने आप्रवासी नेपाली श्रमिकको सो खर्च शोधभर्ना दिलाउने व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ । बेखर्ची, रोजगारदाताले हवाई टिकट उपलब्ध नगराएका र कागजातविहीन आप्रवासी नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय हवाई भाडा, यातायात तथा खाना खर्च र यात्राका क्रममा आवश्यक खानेपानी, खाना, आवास आदिको व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ ।

कोरोना समुदायस्तरमा भए नभएको पत्ता लगाउन अध्ययन
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउन अध्ययन हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले सेरोलजिकल टेष्टका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिएको हो । पछिल्लो समय वीरगञ्ज र विराटनगरमा समुदायमा संक्रमण फैलिएको स्थानीय चिकित्सकहरुले बताएका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा यसबारे मुख खोलेको छैन ।

डब्ल्यूएचओका अधिकारीहरुले भने समुदायमा ब्यापक रुपमा नभई क्लस्टर वा समूहमा संक्रमण देखिएको बताउँदै आएका छन् । ईडीसीडीका निर्देशक डा. बासुदेव पाण्डेले सेरोलजिकल टेष्टले संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउने भन्दै यसमा कति मानिसलाई सहभागी गराउने भन्ने यकिन हुन बाँकी रहेको जानकारी दिए । यसका लागि दुई साता सातवटै प्रदेशका विभिन्न उमेर समूहका मानिसको ३–५ मिलिलिटर रगत संकलन गरिनेछ र राष्ट्रिय जनश्वास्थ्य प्रयोगशामा परीक्षण गरेर कोरोना समुदायमा विस्तार भए नभएको एकिन गरिनेछ । यता, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले छुट्टै स्वास्थ्यकर्मीहरुको सेरोलजिकल टेष्ट गर्ने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले रोक्यो सबै परिक्षा
त्रिभुवन विश्वविद्यालयले तत्काल कुनै पनि परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको हो । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी थालेको थियो । त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन भएको छ भने अब ८ वटा परिक्षाको परिक्षाफल प्रकाशन गर्न बाँकी छ । बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गराएर पनिकाले परिक्षाफल प्रकाशन गरेको थियो ।

माक्स प्रयोग नगरी हिँड्नेमाथी कारवाही
गृह मन्त्रालयका अनुसार मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएकोमा ३ लाख ५४ हजार ८ सय ८४ जनालाई सम्झाइ बुझाइ छाडिएको छ । २५ हजार २ सय ७ जनालाई जरिवाना तिराएको छ भने बाँकी ३९ हजार ५ सय ७ जनालाई मास्क वितरण गरेर आगामी दिनमा नियम पालना गर्न भन्दै छाडिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6