Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट भइरहेको उद्धार उडान किन गरियो अनिश्चितकालका लागि स्थगित ?

विदेशबाट भइरहेको उद्धार उडान किन गरियो अनिश्चितकालका लागि स्थगित ?


काठमाडौं । सरकारले आप्रवासी नेपाली कामदारको उद्धारका लागि जारी राखेको चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा बढेको कोरोना महामारीले आवश्यक व्यवस्थापनमा समस्या देखिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्राचार गरेसँगै सरकारले चार्टर्ड उडान स्थगन गरेको हो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । यसरी स्वदेश फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय गरिएपनि उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै उडान स्थगित गरिएको छ । कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको कारण देखाएर सीसीएमसीले उद्धार उडानमा समस्या भएको जनाएको छ ।

हजारौँ नेपाली विदेशमा अलपत्र
विदेशस्थित नेपाली दूतावासको तथ्यांक अनुसार अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको प्रतिक्षामा बसिरहेका छन् । सरकारले उद्धार उडान नै रोकिदिएपछि झनै विदेशमा अलपत्र नेपालीहरु थप समस्यामा पर्ने देखिएको छ । यूएईमा मात्रै ३३ हजार बढी नेपाली देश फर्कन पाउने आशामा छन् । कतारमा करिब १० हजार, मलेसिया र साउदीमा ५ देखी ७ हजार नेपाली दूतावासले स्वदेश फर्काउन निकाल्ने सूचीमा नाम कुरेर बसिरहेका छन् । कुवेत, बहराइन, ओमान, लेबनान लगायतका देशमा पनि करिब १० हजार नेपालीहरु उद्धारको पर्खाइमा रहँदा सरकारले भने उद्धार उडान रोकेर कोरोनाका कारण समस्यामा परेका आप्रवासी नेपाली श्रमिकलाई थप निरास बनाएको छ ।

सरकारले सोमबारबाट कोटा तोकेर नियमित उडान गर्ने मिति तोकेको थियो । श्रम गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासले चार्टर्ड उडानले कामदारमाथि आर्थिक बोझ थप्ने र प्रक्रिया पनि झन्झटिलो हुने भएकाले सतर्कतासहित मापदण्ड बनाएर नियमित फ्लाइट नै खोल्नुपर्ने माग गर्दै आएका थिए । तर देशभित्र कोरोना जोखिम बढेको भन्दै नियमित उडान १५ दिन पर धकेलिएपछि र स्वदेश फर्काउनेको संख्यामा दैनिक ५०० कोटा तोकेपछि दूतावासमा नेपालीहरुको चाप बढेको थियो । एक्कासी उडान स्थगन गरिएपछि उद्धारको प्रतिक्षामा बसेकाहरु निरास बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6