Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमंगोल हप भिडियो प्रकरण : गायक सहित झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

मंगोल हप भिडियो प्रकरण : गायक सहित झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ


काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको र जातीय आधारमा गालिगलौच गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । गायक ग्याल्जेन दोर्जे तामाङ सहितका ६ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखाको टोलीले आज नियन्त्रणमा लिएको हो ।

भिडियो खिच्ने क्यामरा पर्सन सहितका तीन जनालाई मंगलवार नै प्रहरीले पक्राउ गरेको थियो । सोमबार मंगोल हप अफिसियल’ नामक च्यानलले युट्युबमा ’देशद्रोही’ बोलको भिडियो हालेको थियो । नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्य राखिएको भिडियोमा बाहुन क्षेत्रीलाई शरणार्थी भन्दै जातीय सद्भाव बिथोल्ने शब्दहरु प्रयोग गरेर गालिगलौच गरिएको छ । भिडियो अपलोड भएदेखी नै सामाजिक सञ्जालमा कारबाहीको माग गर्दै चर्को विरोध भएको थियो । भिडियो मकवानपुर सल्लेनी वडा ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको पाइएको छ ।

कानुन अनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै कारवाही गर्ने व्यवस्था रहेको छ । प्रहरीले पक्राउ अभियुक्त बिरुद्ध म्याद थप गरेर आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6