Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalआज हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज, घरमै सुरक्षित बसेर मनाउन राष्ट्रपति भण्डारीको आग्रह

आज हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज, घरमै सुरक्षित बसेर मनाउन राष्ट्रपति भण्डारीको आग्रह


काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । यो दिन व्रत बसी शिव–पार्वतीको पूजा उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेपनि कोरोना महामारीले दोलखाका शिवालय बन्द रहदा पहिलो पटक घर–घरमा बसेर तीज मनाउनुपरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । श्रीमानको अटल सौभाग्यको कामना, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय मान्यता रहेको छ । मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि तिजको व्रत बस्ने धार्मिक बिश्वासलाई हिन्दु नारिहरुले जेजस्ता अभाव र समस्यामा पनि निरन्तरता दिदै आएका छन् । तिजको अघिल्लो दिन व्रतालुहरुले मीठा–मीठा परिकार दरका रुपमा खाई भाद्र शुक्ल तृतियाका दिन व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलन भएपनि कोरोना महामारीर सरकारबाट जारी निषेधाज्ञका कारण घरमै सिमित हुनुपरेको छ । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । तर यो बर्ष पार्टी प्यालेशमा हुने दरका कार्यक्रम र नाजगानका कार्यक्रम रोकिएका छन् । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख कृष्णबहादुर महराले शुभकामना दिदै घरमै सुरक्षित बसेर मनाउन आग्रह गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6