Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना रोकथाममा नेपालले गर्यो करिब साँढे १३ अर्ब खर्च, पारदर्शिताको प्रश्न यथावत

कोरोना रोकथाममा नेपालले गर्यो करिब साँढे १३ अर्ब खर्च, पारदर्शिताको प्रश्न यथावत


काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकारले १३ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्ममा यो रकम खर्च गरेका हुन् । सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाका अनुसार संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ ।

संघीय सरकारले खर्च गरेको रकम मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । संघीय सरकार अन्तर्गत सबैभन्दा बढी रक्षा मन्त्रालयबाट खर्च भएको छ ।

प्रदेशहरुले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेका सरकारी तथ्यांक छ । स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको सरकारी आँकडा छ ।

औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ । हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँ खर्च भएको जनाइएको छ । सरकारले कोरोना रोकथामका लागि गरेको खर्च पारदर्शी नभएको भन्दै सदनदेखी सडकसम्मै आवाज उठ्दै आएपनि बिषयगत विवरण सार्वजनिक गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6