Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ कोरोना रोकथाममा नेपालले गर्यो करिब साँढे १३ अर्ब खर्च, पारदर्शिताको प्रश्न यथावत

कोरोना रोकथाममा नेपालले गर्यो करिब साँढे १३ अर्ब खर्च, पारदर्शिताको प्रश्न यथावत


काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकारले १३ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्ममा यो रकम खर्च गरेका हुन् । सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाका अनुसार संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ ।

संघीय सरकारले खर्च गरेको रकम मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । संघीय सरकार अन्तर्गत सबैभन्दा बढी रक्षा मन्त्रालयबाट खर्च भएको छ ।

प्रदेशहरुले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेका सरकारी तथ्यांक छ । स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको सरकारी आँकडा छ ।

औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ । हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँ खर्च भएको जनाइएको छ । सरकारले कोरोना रोकथामका लागि गरेको खर्च पारदर्शी नभएको भन्दै सदनदेखी सडकसम्मै आवाज उठ्दै आएपनि बिषयगत विवरण सार्वजनिक गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6