Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ सुरु भयो पाँचौ चरणको उद्धार उडान, अस्ट्रेलियाबाट अगस्ट २९ मा सिल्क एयरले उडान भर्दै

सुरु भयो पाँचौ चरणको उद्धार उडान, अस्ट्रेलियाबाट अगस्ट २९ मा सिल्क एयरले उडान भर्दै


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारबाट सुचारु भएको छ ।

गत सोमबार सीसीएमसी बैठकले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान तालिका प्रकाशनपछि बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई रद्द गरेको थियो । सरकारले शर्तसहित उद्धार उडान सुरु गर्ने भनेसँगै नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ । उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टले मात्र उडानका लागि मान्यता पाउनेछ ।

यस्तो छ उद्धार उडानको नयाँ तालिका
अगस्ट २५ मंगलबार एयर अरेबियाले सारजाँबाट काठमाडौंका लागि उडान गर्ने छ । दुबईबाट फ्लाई दुबईले बुधबार काठमाडौंका लागि उडान भर्ने तय भएको छ ।

अगस्ट २७ मा रियाद गएर नेपाल एयरलाइन्स काठमाडौं आउनेछ । यस्तै सोही दिन हिमालयन एयरलाइन्सले दमामबाट, टर्किस एयरलाइन्सले इस्तानबुलबाट बढीमा एक सय जना मात्र यात्रु लिएर नेपाल फर्किनेछन् ।

अगस्ट २८ मा नेपाल एयरलाइनन्सले र हिमालयनले क्वालालम्पुरबाट र कतार एयरलाइन्सले दोहाबाट उद्धार उडान भर्ने छन् ।

अगस्ट २९ मा सिल्क एयरले अस्ट्रेलियाबाट, कोरियनले कोरियाबाट उद्धार उडान गर्नेछन् ।

अगस्ट ३० मा नेपाल एयरलाइन्स र हिमालयनले क्वालालम्पुरबाट, मालिन्दो एयरले मलेसियाबाट नेपालीको उद्धार उडान गर्ने छन् ।

अगस्ट ३१ मा दुबईबाट नेपाल एयरलाइन्सले र आबुधाबीबाट हिमालयनले उद्धार उडान भर्ने छन् ।

सेप्टेम्बर १ मा भने कतार एयरलाइन्सले दोहाबाट २ उडान र कुवेत एयरले कुवेतबाट एक उडान भर्ने तय भएको छ ।

वायुसेवा कम्पनीले विदेशी नेपाली नियोगसँगको सहकार्यमा मात्र नेपालीलाई ल्याउन पाउने तर टिकटको व्यवस्था भने कम्पनीले नै गर्नुपर्ने भनिएको छ । सरकारले भदौ १५ पछि नियमित उडान गरी विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउने तयारी गरिरहेको छ । यसका लागि दैनिक ५ सय यात्रु ज्याउनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका निर्माण गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6