Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपीसीआर परिक्षण नगरेका यात्रु बोके एयरलाइन्समाथी कारबाही

पीसीआर परिक्षण नगरेका यात्रु बोके एयरलाइन्समाथी कारबाही


सरकारले नियमित अन्तर्राष्ट्रिय फ्लाइटमा पीसिआर परिक्षण नगरेका यात्रुलाई ल्याइए एयरलाइन्सले आफ्नै खर्चमा सबै यात्रुलाई सात दिन होटल क्वारेन्टिनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारले नियमित उडानमा आउने यात्रुलाई पछिल्लो ७२ घण्टामा गरेको पीसिआर परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने शर्त राखेको हो ।

सिमित देशमा सेप्टेम्बर १ तारिखबाट नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारले नियमित उडान नहुने देशमा चार्टर्डमार्फत नेपालीको उद्धारलाई निरन्तरता दिने भएको छ । पीसिआर गरेका र नगरेकालाई सँगै ल्याउन पाइने छैन । ७२ घण्टा यता पीसिआर परिक्षण गरि नेगेटिभ रिपोर्ट भएका यात्रुलाई होम क्वारेन्टिनमा पठाइने छ । भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फ खुला गरेको नियमित उडानबाट विदेश पनि जान पाइने भएको छ । तर, जुन देशमा जाने हो उक्त देशमा प्रवेश गर्नुअघि अपनाइनुपर्ने सुरक्षाका सावधानी मान्नुपर्नेछ । नेपालबाट जान चाहने यात्रुले कोरोनाको परीक्षण अनिवार्य गरेर नेगेटिभ रिपोर्ट आएको हुनुपर्नेछ । भने उक्त देशबाट स्विकृती पाएको हुनुपर्नेछ ।

सरकारले पीसीआर गर्न सहज भएका देशहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति दिएको छ । यी मुलुकमा नेपालबाट पनि जान पाइनेछ । सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ तारिखसम्म ६० वटा नियमित फ्लाइट र २७ वटा चार्टर्ड फ्लाइटको तालिका सार्वजनिक गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6