Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखुल्यो नो अब्जेक्सन सर्टिफिकेट वितरण, ३० हजार बढी नेपाली विद्यार्थी लाभान्वित

खुल्यो नो अब्जेक्सन सर्टिफिकेट वितरण, ३० हजार बढी नेपाली विद्यार्थी लाभान्वित


काठमाडौं । सरकारले नो अब्जेक्सन सर्टिफिकेट जारी गर्ने काम पुनः सुरु गरेको छ । कोभिड–१९ बाट बच्न लकडाउन आह्वान गर्नुपूर्व बन्द भएको एनओसी वितरणको काम मन्त्रिपरिषदको निर्णयबाटै खुल्ला गरिएको हो ।

कोरोना संक्रमणका बीच विद्यार्थीको हुल बढ्ने डरले ५ महिनाअघि रोकिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गर्ने प्रक्रिया नखुल्दा विभिन्न विदेशी विश्वविद्यालयहरुमा अध्ययनको अवसर पाएका ३० हजारभन्दा बढी नेपाली विद्यार्थी बिचल्लीमा परेका थिए । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने निर्णय भएसँगै अब यी विद्यार्थीले राहत पाएका छन् ।

विदेशी विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार, अगस्ट र सेप्टेम्बर) देखि भर्ना तथा कक्षा सञ्चालनको सत्र सुरु हुने भएकाले र यही आधारमा अधिकांश विद्यार्थी हातमा ‘स्वीकृति पत्र’ (अफर लेटर) लिएर बसेका कारण हजारौं विद्यार्थीले आफूले पाइरहेको विदेशमा बढ्ने अवसर गुम्नलागेको भन्दै बारम्बार नो अब्जेक्सन सर्टिफिकेट वितरण खुलाउन माग गर्दै आएका थिए । गत वर्ष अमेरिका–युरोप पढ्न जाने र ‘एनओसी’ लिने विद्यार्थीको संख्या २२ हजारभन्दा बढी देखिएकोमा यसपटक झण्डै दुई सेमेस्टरका विद्यार्थी ‘एनओसी’ नभएरै अड्किएर बस्दा ३० हजार नाघिसकेको छ ।

पीडित विद्यार्थीको समूहले एनओसी पाउन सकेमा सम्बद्ध विश्वविद्यालयमा भर्ना प्रक्रिया ग्यारेन्टी गर्न सकिने, भिसा लिने प्रक्रिया अघि बढ्ने र तत्काल अनलाइन कक्षामा बस्न सकिने भन्दै घरमै अनलाइन कक्षामा बस्दैमा कुनै प्रकारको संक्रमणमा पर्ने सम्भावना नरहने जिकिर गर्दै प्रतिष्ठित विश्वविद्यालयहरुमा पाएको उच्च शिक्षाको अवसरलाई तत्काल ‘सुनिश्चित’ गर्न माग गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सीसीएमसी र मन्त्रिपरिषद्मा आवश्यक छलफल गरेपछि नो अब्जेक्सन सर्टिफिकेट जारी गर्ने काम पुनः सुरु गरिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6