Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमोरङकी सज्जा बनिन नेपाल आइडल सिजन-३ को बिजेता

मोरङकी सज्जा बनिन नेपाल आइडल सिजन-३ को बिजेता


काठमाडौं । मोरङ पथरी शनिश्चरे निवासी सज्जा चौलागाईं नेपाल आइडल सिजन–३ को विजेता बन्न सफल भएकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् ।

सज्जाले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छन् । फष्ट रनर अप प्रविण वेडुवाल बने भने किरणले सेकेन्ड रनरअपमा चित्त बुझाउनुपरेको छ । वेडुवालले १० लाख र भुजेलले ५ लाख पाएका छन् ।

आइडल टिमका एक सदस्यमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएसंगै सिमित व्यक्ति आइडल टिम र प्रतियोगि मात्र राखेर विजेता घोषणा गरिएको थियोे ।

वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलो भएसँगै दर्शकबिना नै आइडलले बाकी कार्यक्रम प्रशारण गरेको थियो ।

आईडल निर्माण टिमका एक सदस्यलाई कोरोना पुष्टि भएसंगै प्रतियोगि र सबै टिम बाँकी कार्यक्रम रोकेर आईसोलेसनमा बस्नुपर्ने भएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6