Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : नेपालका ४९ जिल्लामा निषेधाज्ञा

कोरोना कहर : नेपालका ४९ जिल्लामा निषेधाज्ञा


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढेसँगै देशका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार संक्रमण बढ्दो क्रममा देखिएपछि नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा र १० जिल्लामा आंशिक निषेधाज्ञा गरिएको हो ।

कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा वा लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोजन भएसँगै आइतबार बिहानसम्म ४९ जिल्ला र कयौँ पालिकाहरूले निषेधाज्ञा सहित अनेकखाले प्रतिबन्ध लगाएका छन् । गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जिल्ला र स्थानीय तहमा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरेका छन् ।

यी जिल्लामा छ निषेधाज्ञा
गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लासहितका ३९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरसँगै तराईका सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्ला, संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा, तेह्रथुम, बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ अझपनि पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएका जिल्लाहरु हुन् ।

आंशिक निषेधाज्ञा भएका जिल्लाहरु
नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम जाजरकोट

भर्खरै निषेधाज्ञा हटाइएका जिल्लाहरु
गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथर ।

जिल्ला र स्थानीय तहमा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गर्न सक्नेगरि गृह मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6