Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको नियमित उडान, ३३ वटा निकायका कर्मचारी र उनीहरुका परिवारलाई नेपाल आउन छुट

नेपालको नियमित उडान, ३३ वटा निकायका कर्मचारी र उनीहरुका परिवारलाई नेपाल आउन छुट


काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालिका सार्वजनिक गरेको छ । दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान गर्नेगरि नयाँ तालिका सार्वजनिक गरिएको हो ।

यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरेर स्वदेश फर्किन पाउनेछन् । विदेशी पर्यटकले उडानको अनुमति नपाएपनि कुटनीतिक नियोग, विकास साझेदार कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई नेपाल आउन छुट दिइएको छ । सोहीअनुसार सरकारले कुल ३३ वटा निकाय तथा संस्थाका कर्मचारी, प्रतिनिधि र उनीहरुका परिवारका सदस्यलाई नेपाल आगमनको अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका डेड दर्जन निकायका कर्मचारी तथा पदाधिकारी र उनीहरुका परिवारका सदस्यले नियमित उडान मार्फत नेपाल आउन अनुमति पाउनेछन् ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघ शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) र खाद्य तथा कृषि संगठन (एफएओ)का कर्मचारी अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघ बाल कोष, संयुक्त राष्ट्रसंघीय सूचना केन्द (युएनआइसी), यूएन वुमन, संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन, विश्व बैंक मातहतका अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) र पुनर्निर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक (आईबीआरडी)का कर्मचारी तथा प्रतिनिधिलाई नेपाल आउन छुट दिइएको छ । एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), अन्तर्राष्ट्रिय कृषि विकास कोष, जर्मनी, जापान, कोरिया, अमेरिका, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय सहायता एजेन्सीका कर्मचारी र उनीहरुका परिवारलाई समेत नियमित उडान मार्फत नेपाल आउने अनुमति दिइएको छ ।

यस्ता कर्मचारी र प्रतिनिधिलाई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगले भिसा उपलब्ध गराउने छ । नेपाल आउने सबैको पीसीआर अनिवार्य गरिएको छ भने नेपाल आइसकेपछि विदेशीहरुले ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6