Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाले घरमा मनोरञ्जनसँगै हिंसा बढायो :अधिकारकर्मी राणा

कोरोनाले घरमा मनोरञ्जनसँगै हिंसा बढायो :अधिकारकर्मी राणा


काठमाडौं । तीन दशक भन्दा बढी महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको अनुभव सँगालेकी बन्दना राणाले नेपाल सहित विश्वका धेरै देशमा महिला र बालबालिकाको अवस्था बिग्रँदो क्रममा देखिएको बताएकी छिन् । एकदमै विकसित राष्ट्रहरु फ्रान्स, जर्मनी, युके, युएसए, क्यानडा, अष्ट्रेलियामा समेत कोरोना तथा लक डाउनको अवधिमा ३० देखि ४० प्रतिशत महिला हिंसामा परेको जानकारी गराउँदै अधिकारकर्मी राणाले नेपाल लगायतका देशमा झनै समस्या भएको बताएकी हुन् ।

एकदमै तल्लो वर्गमा रहने, सिमान्तकृत, दुर्गम क्षेत्रमा, गरिबीमा रहेका महिला र कम पूर्वाधार भएका क्षेत्रमा महिलामाथि हिंसा झनै बढेको राणाको ठम्याई छ । महामारी अगाडि जति हिंसा हुन्थ्यो त्यसमा ४० प्रतिशत हिंसा आफ्नै घरभित्र हुने गरेको तथ्यांकले समेत आफ्नै पार्टनर, आफ्नै श्रीमानबाट हुने घरेलु हिंसा बढ्दो क्रममा देखिएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यको रुपमा संयुक्त राष्ट्र संघको कार्यालयमा कार्यरत राण बन्दाबन्दी तथा कोरोना महामारीको समयमा ४० प्रतिशत पीडित महिला त पीडकसँग थुनिएर बस्नुपर्ने अवस्थामा रहेको बताउँछिन् । पीडितले गुनो गर्न वा न्यायका लागि सेवा माग्नलाई फोन गरिहाल्यो भनेपछि पनि अहिले लक डाउन छ खुलेपछि हेरौँला भन्ने किसिमको जवाफ प्रहरी प्रसाशन देखि अरु सेवा प्रदायकहरुबाट आएको, आफ्नो साथीसँग सेयर गर्न सक्ने अवस्था समेत नभएको उनको अनुभव छ ।

कोरोनाको कहरमा परेका धेरै देशमा महिला र बालबालिकाको अवस्था बिग्रँदो रहेपनि संक्रमण बढ्न नदिने भन्ने कुरामा बढी केन्द्रीत भएको देखिन्छ । आत्महत्याका कुरा, यौन हिंसाका कुरा, महिलामाथि हुने हिंसाका कुरामा राज्य चनाखो हुन नसकेको राणाले बताइन् । सामाजिकसँगै आर्थिक रुपमा पनि महिला वर्गलाई कोरोनाले बढी असर पारेको उनको दाबी छ । अनौपचारिक क्षेत्रमा पुरुष भन्दा धेरै महिलाहरु रहेको, उनीहरुको स्वास्थ्य बीमा नहुने, सुरक्षा नहुने जस्ता समस्या बढ्दो क्रममा देखिएको राणाले बताइन् । “सामाजिक सहयोगको प्याकेज नहुँदा हस्पिटालिटी, होटल, टुरिजम लगायतका विभिन्न पेशा व्यवसायमा आबद्ध महिलाहरु बढी मारमो परेको पाइएको छ ।” –राणाले भनिन् ।

महामारीहरुले पहिलेदेखि विद्यमान असमानतालाई झन बढाएको अधिकारकर्मी राणाको दाबी थियो । अधिकारकर्मीहरु घर भित्र बन्धक जस्तो भएर २४ घण्टा अनलाइन र मनोरञ्जनात्मक कुराहरु हेर्दा हिंस्रक मानसिकता बढेर हाडनाता करणीदेखी श्रीमानबाट समेत घरेलु हिंसा बढेको बताइरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6