Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली पत्रकारले जिते स्वयंसेवी वर्ष अवार्ड

सिड्नीमा नेपाली पत्रकारले जिते स्वयंसेवी वर्ष अवार्ड


सिड्नी, अष्ट्रेलियाकाे न्यु साउथ वेल्स राज्यले हरेक वर्ष प्रदान गर्ने स्वयंसेवी अवार्ड यसपाली नेपाली युवाले जितेका छन् ।
सिड्नीमा रहेर पत्रकारिता गर्ने तथा समाजसेवामा सक्रिय रहनुभएका ऋषि आचार्यले दक्षिणी सिड्नी अन्तगर्त वयश्क स्वयंसेवक विधामा अवार्ड जित्नुभएको हो ।
न्यु साउथ वेल्स सरकारको अनुदानमा संचालित द सेन्टर फर भोलेन्टियर भन्ने संस्थाले राज्यभरीका स्वयंसेवकहरुबाट उत्कृष्ट काम गर्नेहरुमध्येलाई अवार्ड प्रदान गर्दै आएको छ । नेपाली समुदायमा संचारक्षेत्रबाट पुर्याएको योगदान, कोभिड १९ का बेलामा गरेको सहयोग र असक्तहरुलाई सरकारी सुविधामा पहुच पुर्याउन खेलेकाे भुमिकाका लागि आचार्यलाई यो अवार्ड प्रदान गरिएको हो ।
अष्ट्रेलियामा फसिरहेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आचार्यले खेलेको भूमिका, उनीहरुको पिसिआर टेष्ट गर्न पुर्याएको सहयोग निकै महत्वपुर्ण रहेको बताइएको छ । त्यस्तै नेपाली समुदायका शारिरीक रुपले असक्तहरुलाई सरकारी सहयोग उपलब्ध गराउन खेलेको भूमिका पनि अवार्ड जित्नुको अर्को महत्वपुर्ण पक्ष हो ।
नेपाल ट्युब संग कुरा गर्दै पत्रकार ऋषी आचार्यले यो अवार्ड पाउदा आफु अच्चमित भएको बताउनुभयो । ‘यस्तो अवार्ड पाइएला भनेर सोचेकै थिईन, अचानक इमेलमा अवार्ड पाएको खबर पाएपछि अच्चममा परे’- आचार्यले भन्नुभयो -‘समाजसेवामा अझै केही गर्न यो अवार्डले हौसला प्रदान गरेको छ ।’

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउपालिकामा जन्मनु भएका आचार्य सन् २००८ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनुभएको हो ।
लगत्तै नेपाली समुदायमा नेपाली पत्र पाक्षिक अखबार प्रकाशन सुरु गर्नुभएका आचार्य हाल नेपलिज अष्ट्रेलियन भन्ने अनलाईन पोर्टल चलाउनुहुन्छ । आचार्य अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाका सह अध्यक्ष समेत हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6