Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaस्वदेश फर्किदै राजदूत पीटर वड,नेपालको पर्यटन विकासमा सघाउने प्रतिबद्धता

स्वदेश फर्किदै राजदूत पीटर वड,नेपालको पर्यटन विकासमा सघाउने प्रतिबद्धता


काठमाडौं । नेपालको पर्यटन विकासमा अष्ट्रेलियाले पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको विदाइ भेटका क्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री भट्टराईसँग भएको भेटमा राजदूत वडले नेपाल बसाइँ अत्यन्तस्मरणीय भएको बताउँदै नेपाल बसाइका क्रममा थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुलाई नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको बताएका थिए । राजदूतले पीटरले कोभिड–१९ ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियाली नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद समेत दिएका थिए । पर्यटनमन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको तथा उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सीधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियामा नेपालको पर्यटन प्रर्वर्द्धन मा राजदूतको सहयोगको अपेक्षा गरेका थिए । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँग विदाइ भेट गरेका राजदूत वडले समेत नेपालको पर्यटन प्रवर्धनमा अस्ट्रेलियाको साथ र सहयोग रहने विश्वास दिलाएका थिए ।

Photo : Khabarhub



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6