Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिदै अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न

नेपालमा थपिदै अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न


काठमाडौं, भैरहवा । नेपालमा सञ्चालित विभिन्न २१ वटा राष्ट्रिय गौरभका आयोजनामध्ये भौरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सबैभन्दा पहिला पुरा हुने देखिएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको स्थलगत अबलोकन समेत गरेर आउँदो डिसेम्बरसम्म पूरा हुने जानकारी दिएका हुन् ।

कोरोना संक्रमणका कारण प्रतिकुल बनेको समयमा समेत विमानस्थल निर्माणको काम एकदिन पनि नरोकिएको पाइएको छ । मन्त्री भट्टराई, नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक राजन पोखरेल, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप पोखरेल लगायतको टोली शुक्रबार दिउँसो चार्टर विमानबाट भैरहवा पुगेको थियो । कोभिड–१९ ले विश्वव्यापी असर नपारेको भए यतिबेलासम्म भौरहवाबाट अन्तर्राष्ट्रिय उडानको प्रक्रिया सञ्चालन भइसक्ने दाबी आयोजनाले गरेको छ । बाहिरी मुलुकबाट ल्याउनुपर्ने प्राविधिक जनशक्ति उडान अवरुद्धले ल्याउन नसकेकाले काममा केही ढिलाइ भएपनि आयोजनाको कामले निरन्तरता पाएको मन्त्री भट्टराईको दाबी थियो । मन्त्री भट्टराईले एसियाली विकास बैंकसँगको सहमतिमा आयोजनाको म्याद आउँदो डिसेम्बरसम्म थप गरिएको र निर्धारित समयमा पुरा हुनेमा आशावादी रहेको बताए । विमानस्थलको धेरै भौतिक संरचना तयार भइसकेको र उपकरण जडानका लागि चीनबाट आउनु पर्ने करिब ३५ जना प्राविधिकलाई ल्याउने प्रक्रिया अघि बढिसकेको तथा अमेरिका, अष्ट्रिया र थाइल्याण्डबाट आउनु पर्ने प्रविधिकलाई ल्याउन ती मुलुकमा सम्पर्क गरिएको मन्त्री भट्टराईको दाबी थियो ।

आयोजना प्रमुख प्रवेश अधिकारीले समेत आयोजनाको भौतिक संरचना लगभग सम्पन्न भइसकेकाले उपकरण जडानका लागि जतिसक्दो छिटो विदेशी प्राविधिक आउँछन त्यति नै छिटो विमानस्थल सञ्चालनमा आउने जानकारी दिए । भौतिक प्रगति ९३ प्रतिशत देखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उपकरण जडानका लागि प्राविधिक आएपछिको ३ महिनामा सञ्चालनमा आउने अवस्था देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6