Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : भ्रष्टाचारका ठूला फाइलमा चासोदेखी आफ्नै छोरी बलात्कारको घटनासम्म

नेपाल अपडेट : भ्रष्टाचारका ठूला फाइलमा चासोदेखी आफ्नै छोरी बलात्कारको घटनासम्म


काठमाडौं । नेपालका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

तामेलीमा रहेका ६ वटा भ्रष्टाचारका फाईल खुल्दै
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका छ वटा भ्रष्टाचार प्रकरणका फाइल खोलेर अनुसन्धान गर्न माग गरेको छ । भ्रष्टाचार विरुद्धमा खबरदारी गर्दै आएको संस्था ट्रान्सपरेन्सी नेपालले आइतबार विज्ञप्ती जारी गर्दै आयल निगमको जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, न्यारो बडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरू यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालिन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषिमाथी कारवाही गर्न माग गरेको हो ।

जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपति भण्डारीको निर्देशन
भदौ अन्तिममा समेत बाढी पहिरोको जोखिम बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा आइतबार बिहान गएको पहिरोबाट ११ जनाको मृत्यु तथा २० अझै बेपत्ता भएको घटना लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन । सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोबाट घाइते भएका ६ जनाको जिवितै उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ भने ११ जनाको शव निकालिएको छ । २०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थिलोथिलो बनेका र सोही कारण देशका विभिन्न स्थान सहित सिन्धुपाल्चोक क्षेत्रमा ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेकि छिन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल मार्फत समेत भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन । गृह मन्त्रालयका अनुसार गत बैशाख यता बाढी, पहिरो र चट्याङबाट ३५० जना भन्दा बढीको ज्यान गईसको छ भने १०० भन्दा बढी बेपत्ता भएका छन् ।

यातायात कार्यालयमा भीडभाड
कोरोना महामारी रोकथामका लागि भन्दै सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि देखी निरन्तर प्रभावित हुँदै आएको सरकारी कार्यालय खुल्दा सेवाग्राहीको भीडभाड देखिन थालेको छ । दैनिकजसो सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरुमा लामो समयसम्म रोकिएको चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सेवा खुलेसँगै भीडभाड देखिएको हो । आइतबार काठमाडौं उपत्यका सहित देशका अधिकांश यातायात कार्यालयमा सेवाग्राहीको चाप देखिएको थियो । कार्यालयले भिड हुँदा सेवाग्राहीबीच भौतिक दूरी कायम गर्न मार्किङ गरेको र बेलाबेलामा सचेत गराउने काम भएपनि नियम पालना भएको देखिँदैनथ्यो ।

बढ्दै कोरोना मिटर
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ९७ सहित देशभर १ हजार ३९ संक्रमित थपिएका छन् । २४ घन्टामा ९ हजार १६५ पीसीआर परीक्षण गर्दा यी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जना संक्रमित थपिएका छन् । हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएको छ । आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचाररत संक्रमितको संख्या १५ हजार १ सय १७ र क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेका छन् । २४ घन्टाको अवधिमा थप ९ जनाको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

बुबाद्धारा छोरी बलात्कार
ललितपुरको महालक्ष्मी नगरपालिकामा–६ मा आफ्नै बुबाबाट १७ वर्षकी किशोरी बलात्कृत भएकी छिन् । सिन्धुपाल्चोका ४० वर्षका पुरुष छोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । एक वर्षयता बलात्कार गर्दै आएको भन्दै किशोरी र उनका भाईले महानगरीय प्रहरी प्रभाग लुभुमा दिएको उजुरीका आधार गत ७ असारमा पीडकतलाई पक्राउ गरीएकोमा अहिले ती पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । लकडाउनअघि घरमा रङ लगाउने काम गर्दै आएका उनले विगत सात वर्षदेखि समता स्कुलको होस्टेलमा बस्दै आएकी छोरीलाई डेढ वर्षअघि आफूसँगै राख्न ल्याएर करिब एक बर्षअघिदेखी निरन्तर बलात्कार गर्दै आएको खुलेको छ । किशोरीकी आमा अपांग छिन् । अहिले भाडा तिन नसकेको भन्दै उनै बलात्कारको शिकार भएकी किशोरी र शारिरिक रुपमा अशक्त आमालाई घरभेटीले निकालेपछि बिजोक अवस्थामा पुगेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6