Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको कोरोना परिक्षण र बीमामा जनतालाई अब यस्तो राहत

नेपालको कोरोना परिक्षण र बीमामा जनतालाई अब यस्तो राहत


काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा आम उपभोक्ताले दुई हजार रुपैयाँमा पीसीआर टेष्टको सुविधा पाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएकोमा महंगो भएको भन्दै बिरोध भएपछि घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो । मन्त्री, नेता, कर्मचारी लगायतका पँहुचवालाको निशुल्क तर राज्यलाई कर तिर्ने दायीत्व बोक्ने नागरिकलाई पीसीआर परिक्षणमा शुल्क भन्दै अहिले पनि बिरोध भइरहेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर जाँच गर्दा फरक फरक रिपोर्ट आएको गुनासो आएको भन्दै चार वटा अस्पतालमाथी छानविन थालेको छ ।

कोरोना बीमामा समेत राहत
कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था गरिएका कारण धेरै विमितहरु बिमाबापतको रकम भुक्तानीमा झमेला झेल्दै आएका थिए । बीमा समितिले मापदण्ड संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेसँगै कोरोना बिमाको झमेला झेल्दै आएकाले राहत पाउने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6