Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाले अमेरिकामा लियाे १७ नेपालीकाे ज्यान

कोरोनाले अमेरिकामा लियाे १७ नेपालीकाे ज्यान


गणेश थापा/क्यालिफोर्निया

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमणका कारण सोमबार एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय कन्ट्राकोष्टा काउंटीको एलसेरिटो सिटीमा परिवारसहित बस्दै आएका चौहान थरका युवाकाे सोही ठॉउको एक अस्पतालमा निधन भएको हो ।

स्थानीय नेपाली समुदाय ‘नर्दन क्यालिफोर्निया कम्युनिटी’ बाट प्राप्त जानकारीअनुसार स्वास्थ्यमा समस्या आएपछि केहीदिन पहिला कन्ट्राकोष्टा काउंटीस्थित काइजर अस्पतालमा भर्ना भएका निज चौहानको आज विहान मृत्यु भएको थियो। रेस्पिरेसन सिस्टममा गडबढी देखिएपछि अस्पतालले उनको कोभिड-१९ टेस्ट गरेको र रिपोर्ट पोजेटिभ आएपछि निजलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकैबीच आज ज्यान गएको बताइएको छ ।
निजको शव अहिले अस्पतालमै रहेको र आवश्यक प्रकृया पुरा गरि अन्तिम संस्कारको कार्य अधि बढ्ने स्थानीय नेपाली समुदायका एक प्रतिनिधिले जानकारी दिए । कोरोना भाइरसको यस महामारीमा परी अमेरिकामा अहिलेसम्म १७ जना नेपालीको ज्यान गएको छ । यसबीचमा कोरोना संक्रमित २ हजार बढी नेपालीहरू मध्ये अधिकांश रिकभर भइसकेका छन् । पछिल्लो समय अमेरिकाको क्यालिफोर्निया राज्य कोभिड-१९ बाट सवैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज २४ घण्टाको अवधिमा ४ सय १० जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय बढीमा भाइरसको संक्रमण भेटिएको छ । क्यालिफोर्नियामा मात्रै झण्डै सॉढे १४ हजार व्यक्तिको ज्यान जॉदा ७ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म करीव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने झण्डै ६७ लाख व्यक्ति संक्रमित भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6