Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओलीले किन अनिच्छा प्रकट गर्दैछन कुलमान घिसिङको पुनः नियुक्तिमा ?

प्रधानमन्त्री ओलीले किन अनिच्छा प्रकट गर्दैछन कुलमान घिसिङको पुनः नियुक्तिमा ?


काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको पाइएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष पठाएका थिए । तर प्रधानमन्त्री ओलीले सोमबार साझको मन्त्रिपरिषद बैठकमा टेबल नै गराएनन ।

क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेपछि बैठक सकिनै लाग्दा उर्जामन्त्री पुनले नै मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू भन्दै कुलमानलाई पुनः नियुक्तिको प्रस्थाव बारे स्मरण गराएपनि प्रधानमन्त्रीबाट कानूनअनुसार बुझौंला भन्ने जवाफ मात्रै आएको पाइएको छ । कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुख को भन्ने अन्यौल देखिएको छ । कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् । मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आएका प्रधानमन्त्री ढीलै भए पनि बढ्दै गरेको जनदबाबका कारण घिसिङलाई नै नियुक्त दिन भन्ने बाध्य हुने कतिपयको आँकलन छ ।

घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भइरहँदा सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापावीच ट्वीटर लगायतका सामाजिक सञ्जालबाटै मतभेद सार्वजनिक भईरहेको छ । घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको माइतिघरमा पुगेर दबाबमुलक प्रदर्शन नै गरेका छन् । केही कलाकारहरुले समेत प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गर्दै आएका छन् ।

०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरिएका थिए । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए । घिसिङले नै पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा पुर्याएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6