Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपुरा हुँदै प्रधानमन्त्री ओलीको रेल सपना, राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुरमा

पुरा हुँदै प्रधानमन्त्री ओलीको रेल सपना, राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुरमा


काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुर आइपुगेका छन् । रेल विभागका अनुसार भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएका दुईवटा रेल सेट भर्खरै मात्र जनकपुर ल्याइएको हो ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ भने रेल सञ्चालनको जिम्मेवारी बोकेको रेल्वे कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न गरेपछि रेल त्यहाँसम्म अन्यत्र विस्तार गर्ने योजना रहेको छ । आवश्यक कानुन बनाएर दशैं तिहारपछि नै रेल सञ्चालनमा ल्याउने विभागको तयारी छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा गठन भएको रेल विभागले देशका विभिन्न स्थानमा रेलमार्ग निर्माण सहित थप सम्भाब्यता अध्ययन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6