Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन पढ्नैपर्ने पाँच खबर

नेपाल अपडेट : यी हुन पढ्नैपर्ने पाँच खबर


काठमाडौं । नेपालमा कोभिडको संक्रमणले निरन्तरता पाइरहेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार माथी पुग्नासाथ पुन लक डाउनको तयारी गर्दैगर्दा गम्भिर बिरामीहरु पनि बढिरहेका छन् । मौसमले उडानमा देखिएको समस्या, उद्धारको निरन्तरता र इजरायलमा नेपाली नर्सको माग सहित प्रमुख पाँच खबर यस्ता छन् ।

सक्रिय संक्रमित २५ हजारभन्दा माथी पुगे पुनः लक डाउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमित पुग्नासाथ फेरि लक डाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा बसेको स्वास्थ्य विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लक डाउन गर्न सुझाव दिएको हो । नेपालका स्वास्थ्य संस्थाहरुले २५ हजारभन्दा बढी कोरोना संक्रमितको भार धान्न नसक्ने भएकाले यस्तो अवस्था देखिए लक डाउन नै नियन्त्रणको विकल्प हुने मन्त्रालयको ठम्याई छ । बुधबार नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ । मन्त्रालयले संक्रमणदर तीव्र गतिमा बढिरहेकाले एक महिनासम्म धेरै मानिस जमघट हुने खालका कुनै पनि व्यवसाय वा कार्यक्रम नगर्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचारका लागि जहाँ जहाँ खर्च भएको छ त्यहीँबाट तत्काल सार्वजनिक गर्न निर्देशन समेत दिएको छ ।

बढ्दै कोरोनाका गम्भिर बिरामी
देशभर २२० जनाको विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । यी मध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना र कर्णाली प्रदेशमा १३ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यी मध्ये प्रदेश १ मा ३, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना छन् । पछिल्लो २४ घण्टामा ११७२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जनाले कोरोना जितेका छन् ।

इजरायलमा समेत नेपाली नर्सहरुको माग
इजरायलले नेपालको नर्सिङ क्षेत्रबाट केयरगिभर लैजाने सम्झौता हुन लागेको छ । इजरायलस्थित नेपाली दूतावासले निकट भविष्यमा नै नेपाल सरकार र इजरायल सरकारबीच सरकारीस्तरमा नै सम्झौता गरेर अस्पताल, नर्सीङ होम, डे केयरमा नेपाली केयरगिभर लैजाने तयारी भएको जानकारी दिएको हो । इजरायलस्थित नेपाली केयर गिभरहरुले काम गर्नुपर्ने ठाउँमा राजदूत डा. अन्जान शाक्यले स्थलगत भ्रमण समेत गर्नुभएको छ । भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हनान गोदर नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरे, इजरायली स्वास्थ्य मन्त्रालय, इजरायली श्रम मन्त्रालय, इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिलगायतको समेत उपस्थिति रहेको बताइएको छ ।

बहराईनबाट थप १४२ जना स्वदेश फर्किए
कोरोनाको कारण बहराइनमा समस्यामा परेका १४२ जना नेपाली बुधवार स्वदेश फर्किएका छन् । सोही उडान मार्फत बहराइनमा मृत्यु भएका २ जना नेपालीको शव समेत नेपाल आइपुगेको छ । हालसम्म बहराइनको मानमाबाट ९ वटा चार्टर उडानबाट १२ सय ७५ जना नेपाली स्वदेश आइपुगेका छन् । बिदामा नेपाल फर्किएर कोभिड–१९ का कारण कार्यस्थलमा फर्किन नपाएका मध्ये १ सय २६ जना नेपाली सोही उडानमार्फत बहराइन फर्किएका छन् । योसँगै बहराइनमा रोजगारिमा फर्कनेको संख्या २ सय ७१ पुगेको छ ।

वर्षाले आन्तरिक उडान प्रभावित
मंगलबारदेखि सुरु भएको भारी वर्षाका कारण नेपालको हवाई उडान समेत प्रभावित भएको छ । मौसमको खराबीका कारण बुधबार आन्तरिकतर्फ ५ वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय टावरका अनुसार बुधबार मौसमका कारण बुद्धको एउटा पोखरा र एउटा भरतपुर उडान रद्द भएको हो । यसैगरी नेपाल एयरलाइन्सको दाङ र तारा एयरको २ वटा लुक्ला उडान रद्द भएको छ । बुधबार आन्तरिकतर्फ बुद्धले १५, यतीले ९, श्रीले २ र सिता एयरले एउटा उडान भरेका छन् । आन्तरिकतर्फ मंगलबार ३३ र सोमबार ३४ उडान भएका थिए । बुधबार मौसमका कारण २७ वटा उडान मात्र भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6