Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतेजाव आक्रमणको कसुरमा अब २० वर्ष जेल

तेजाव आक्रमणको कसुरमा अब २० वर्ष जेल


काठमाडौं । सरकारले फौजदारी अपराध संहिता संशोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय निर्धारण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणका पीडितसँग सामूहिक छलफल गरेर १५ दिनभित्र कडा कानुन ल्याउन भन्दै मातहतका निकायलाई निर्देशन दिएका थिए प्रधानमन्त्रीको निर्देशनअनुसार नै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेको ऐनमा तेजाब छ्याप्ने कसुरमा २० वर्ष कैद र १० लाख जरिवानाको सजाय निर्धारण गरिएको छ ।

एसिड प्रहार गर्ने व्यक्ति २० वर्ष नै कैद बस्नुपर्ने र उनीहरुको हकमा एक दिन पनि कैद मिनाहा नहुने गरी मस्यौदा तयार पारिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय श्रोतका अनुसार आँखा, नाक, कानलगायत संवेदनशील अङ्गमा क्षति पुर्याएमा छुट्टै सजायको व्यवस्था गरिएको छ । मौजुदा कानुन (फौजदारी अपराध संहिताको दफा १९३) मा तेजाबसम्बन्धी कसुरमा अपराधको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्ने प्रावधान छ ।

यो कानुन कमजोर हुँदा तेजाब आक्रमणका घटना बढेका भन्दै कडा कानुनको माग हुँदै आएको छ । मन्त्रालयले बिक्री वितरण नियमन गर्न अलग्गै कानुन तयार गरेको छ । अध्यादेशमार्फत् ल्याउन लागिएको कानुनमा तेजाब बिक्री वितरणमा कडाइ गरिनेछ । कानुनको प्रावधानविपरीत बिक्रीवितरण गरे सजाय र जरिबानाको व्यवस्थापन गरिएको छ । अध्यादेश अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको छ ।

Photo: Sushila Basnet Fb



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6