Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन पढ्नैपर्ने प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन पढ्नैपर्ने प्रमुख पाँच खबर


काठमाडौं । विस्तार हुँदै गरेको बोर्डर आउट पोस्ट, उद्धारमा खटिने गोदाखोर प्रहरीलाई भत्ता दिने सरकारको निर्णय, विवादित कम्पनीको पक्षमा सर्बोच्चको फैशला, अनसनरत डा. केसीको स्वास्थ्यमा देखा परेका जटिल समस्या लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

थपिए २ वटा बोर्डर आउट पोस्ट
चितवनको माडीमा सशस्त्र प्रहरी बलले २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन दुईवटा बीओपी स्थापना गरिएका हुन् । सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले उद्घाटन गरेको दुबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।

उद्धारमा खटिने गोताखोर प्रहरीलाई अब प्रोत्साहन भत्ता
सरकारले उद्धार कार्यमा खटिने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई दिनको ३ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । गोताखोर सशस्त्र प्रहरी कर्मचारीलाई १० लाख रुपैयाँसम्मको विशेष विमाको व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ । सशस्त्र प्रहरीको सातवटै प्रदेशको कार्यालय र अन्य केही स्थानमा गरी ३७ जना गोताखोर तालिमप्राप्त कर्मचारी छन् । तीमध्ये १८ जना बंगलादेशमा तालिम लिएर आएका हुन् भने १९ जना नेपालमै तालिम लिएका छन् ।

बिवादास्पद कम्पनीको पक्षमा सर्वोच्चको फैशला
सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित बनेको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनल कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । ओम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कालोसूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । गत चैतमा चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको ओम्नीले सम्झौताअनुसार सामग्री खरिद गर्न नसकेको भन्दै स्वास्थ्य सेवा विभागले ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफतसहित कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । ओम्नीलाई कारबाही गर्नुको कारण समेत अदलातले मागेको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सोमबार ६४९ संक्रमित थपिएसँगै अब काठमाडौंमा कोरोना संक्रमितको जम्मा संख्या १८ हजार १ सय ३२ पुगेको छ । ललितपुरमा सोमबार १३२ संक्रमित थपिएसँगै जम्मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३१ र भक्तपुरमा ३६ जना थपिएर कोरोना संक्रमितको संख्या १ हजार ९ सय ६१ पुगेको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २२ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । यतिबेला देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन् । यीमध्ये १० हजार ९ सय २९ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ७४२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या ५४ हजार ६४० पुगेको छ ।

अनशनरत डा. केसीको अवस्था गम्भिर बन्दै
विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा थप जटिलता देखिएका छन् । अनशनको १५ औं दिनमा उनलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको चिकित्सकले जानकारी गराएका हुन् । डा. केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमार्फत डा. केसीको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको, ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएको जानकारी दिएका छन् । डा. केसीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । डा. केसीलाई नशाहरु खुला गर्न आईभी नर्मल सलाइन दिइएको छ । अन्य कुनै पनि प्रकारका पदार्थहरु ग्रहण गर्न उनले अस्वीकार गरका छन् । केसीको स्वास्थ्य अवस्थामा कुनै पनि समय परिवर्तन आएर सघन उपचार कक्षमा स्थानान्तरण गर्नुपर्ने बारे चिकित्सकले सचेत गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6