Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै


काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो ।
मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन । मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।
कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञाशाहरुको समाधान गर्न प्लानेटले Online PTe|IELTs\ Class, Online Abroad Qmudy & Career Counseling, E-Planet IOqmAndroid App Service, Virtual Career Development Sessions, University Information Sessions लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ । यसकासाथै कोभिड १९ सम्वन्धि नेपाल सरकार तथा अन्तर्राष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरि उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ । E-Planet Virtual Australian Education Fair का बारेमा जानकारी दिंदै कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, ईटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए ।
यस विषम परिस्थितीमा पनि E-Planet ले आयोजना गर्न लागेको ये मेला, बर्षकै बृहत मेला हुने र सहभागि सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले विगत १६ बर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6