Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल, कोरोनाको औषधी बनाउने पहिलो राष्ट्र बन्ला त नेपाल ?

आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल, कोरोनाको औषधी बनाउने पहिलो राष्ट्र बन्ला त नेपाल ?


काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल सुरु भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्का अनुसार नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल हुँदैछ ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको जानकारी दिनुभएको हो । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको थियो । औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृतिका आधारमा कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्न योग्य पाइएको छ ।

आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल
नेपालमा उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुँदैछ । परिषदका सदस्य सचिव ज्ञवाली प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गरिएको जानकारी दिनुभयो । यसरी ट्रायल गरिने आयुर्वेदिक औषधिमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधि लगायत छन् । खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको कतिपय स्वास्थ्य विज्ञहरु बताउँछन् ।

आयुर्वेद अस्पतालले कोरोनाका विरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएका छन् । किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा कोरोना संक्रमण भएर पुगेकाहरु यस्तै औषधि र योग अभ्यासका कारण सबैभन्दा छिटो निको हुने गरेको पाइएको छ । आयुर्वेदिक औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरस जन्य रोगका लागि औषधि बनाउने नेपाल महिलो मुलुक बन्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6