Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News८ बुँदै सहमतिसँगै तोडियो डा. केसीको अनसन

८ बुँदै सहमतिसँगै तोडियो डा. केसीको अनसन


काठमाडौं । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले २८ औँ दिनमा आफ्नो १९औँ अनसन तोडेका छन् । शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

डा.केसीले अनसन तोडेपनि स्वास्थ्य अवस्था नाजुक भएकाले थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ । भदौ २९ मा जुम्लाबाट १९ औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित उनले यो अनसनमा भ्रष्टाचारका विषयमा छानविन र कारबाहीको मुद्दा पनि अघि सारेका थिए । कर्णाली लगायतका दुर्गमका जनताले सहज स्वास्थ्य सेवा पाउनु पर्ने, कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नुपर्ने तथा आफूसँग भएका विगतका सहमति कार्यान्वयन गर्नुपर्ने केसीका माग थिए । सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागून १० भित्र पढाइ सुरु गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिमा विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने उल्लेख छ । चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा.केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख गर्ने, डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र प्रक्रिया अघि बढाउने सहमति जुटेको छ । प्रदेश २ को सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमतिपत्रमा उल्लेख छ ।

यसैगरी कोभिड–१९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गर्ने सहमति भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6