Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, थपिए २०७१ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, थपिए २०७१ संक्रमित


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । आइतबार साँझसम्म संक्रमित मध्ये ३२९ जना आइसीयूमा र ७५ जान भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

शहर र घनावस्तीमा कोरोना संक्रमण तिब्र भएकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गर्न गराउन स्वास्थ्य मन्त्रालयले सबैलाई अपिल गरेको छ । चाडपर्वको समयमा हुने ओहोरदोहोरले कोरोना संक्रमण थप विस्तार हुनेतर्फ सचेत गराउँदै सरकारले यथास्थानमा बसेर पर्व मनाउन आह्वान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6