Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमितको उपचारको दायित्वबाट भाग्दै नोबेल मेडिकल कलेज

कोरोना संक्रमितको उपचारको दायित्वबाट भाग्दै नोबेल मेडिकल कलेज


काठमाडौं, मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले उपचारत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्यत्र लैजान दबाब दिनेगरेको पाइएको छ ।

झापाको विर्तामोड घर भएकी ७७ वर्षीया नरमाया खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार नोबेलमा भर्ना गरिएको थियो । शुक्रबार बेलुका करिब ५ बजेतिर उनमा कोरोना संक्रमण पुष्टि भयो । उपचारका क्रममा कोरोना संक्रमण देखिए सम्बन्धित अस्पतालले नै उपचारको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयको प्रोटोकल भएपनि नोबेलले नरमायालाई अन्यत्र लैजान दबाव दिएको छोरा नविनले जानकारी दिएका छन् । कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएकै कारण अस्पतालले अन्यत्र लैजान दबाव दिएपछि खरेल परिवार तनाबमा पर्यो । भएभरका अस्पतालमा फोन घुमाउँदा कतै आईसीयू बेड भेटिएन । बल्ल काठमाडौंको विराट मेडिकल कलेजमा एउटा बेड खाली भेटिएपछि १० बजे निकालेर साँढे ११ बजे कोभिड वार्डमा भर्ना गरिएको छोरा दिपक खरेलले जानकारी दिए ।

हुन त, नोबेलले यसरी कोरोना संक्रमितको उपचारमा गरेको असहयोग यो नै पहिलो होइन् । गत अरोस १६ गते राति विराटनगर महानगरपालिका– १४ का ७५ वर्षीय भिखारी यादवका आफन्तलाई पनि अस्पतालले यसरी नै अयन्त्र लैजान दबाव दिएपछि आफन्तले टेम्पोमा राखेर न्यूरो अस्पतालको कोडिड–१९ उपचार केन्द्र पुर्याएका थिए । यादवलाई त अस्पतालले उपचार गर्न नसक्ने बहानामा निकालेको थियो । यसबारे नोबेल मेडिकल कलेज प्रशासन भने प्रष्टिकरण दिने दायित्वबाट समेत भागिरहेको छ ।

देशका थुप्रै मेडिकल कलेजले कोरोना महामारि बढ्दा संक्रमितको उपचार सेवामा सहयोग गरिरहेका छन् । तर नेबेल मेडिकल जस्ता केहीको मनलाग्दीले मेडिकल कलेज तथा नीजि अस्पताल जोखिम र स्वास्थ्य उपचारको दायित्वबाट भागेर कतै नाफा मुखी मात्रै छ छैनन भन्ने आशंकलाई थप बल मिलिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6