Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नेपलिज अष्ट्रेलियन्स टेनिस क्लब गठन

ब्रिजवेनमा नेपलिज अष्ट्रेलियन्स टेनिस क्लब गठन


ब्रिजवेन/टेनिस खेलमार्फत अष्ट्रेलियाको नेपाली समाजमा भाइचार बढाउने उदेश्यले क्लब गठन भएको छ ।

ब्रिजवेनका खेलप्रेमी युवाहरुको सक्रियतामा गत महिना नेपलिज अष्ट्रेलियनस् टेनिस क्लब न्याटको गठन भएको हो । म्याक विष्टको अध्यक्षमा सन् २०२० देखि २०२२ सम्मका लागि क्लबको ९ सदस्यीय कार्यसमिति समेत चयन भएको छ । वर्षौको छलफल र कडा परिश्रमको फलस्वरुप क्लब गठन गर्न सफल भएको नबनियुक्त अध्यक्ष विष्टले बताउनुभयो । क्लबको उपाध्यक्षमा डाक्टर जीत आले, सचिवमा सुरेन्द्र घिमिरे र कोषाध्यक्षमा निरन शाक्य नियुक्त हुुनुभएको छ ।

टेनिस क्लबले ५ वटा उदेश्य राखेको अध्यक्ष विष्टले जानकारी दिनुभयो । क्बलले जारी गरेको विज्ञप्तीका अनुसार क्लबले ब्रिजवेन र कुइन्सल्याण्ड राज्यमा बसोबास गर्ने बृहद नेपाली समुदायमा टेनिस खेललाई प्रवद्र्धन गर्ने, टेनिस खेलमार्फत समाजमा भाइचारा, मित्रता र समाजिक सद्भाव वृद्धी गर्ने तथा बालबालिकालाई पनि सानैदेखि टेनिस प्रशिक्षण गराएर भविष्यमा यसै खेलमा करियर निमार्णको बाटो खोलिदिने लगायत उदेश्य लिएको छ ।
क्लबले आफ्नो उदेश्य हासिल गर्नका लागि टेनिस खेलसंग सम्बन्धित कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । जसमा क्लबले बालिबालिका र वयस्कका लागि टेनिस खेलको छुट्टा छुट्टै प्रशिक्षण संचालन गर्ने, वयस्कहरुबिच सामाजिक टेनिस खेलको आयोजना गर्ने, नेपाली समाजभित्रका टेनिस खेलाडीलाई माथिल्लो स्तरको प्रतियोगिताहरुमा सहभागी हुन सहयोग गर्ने वार्षिक रुपमा टेनिस प्रतियोगिता गर्ने जस्ता कार्यक्रमहरु घोषणा गरेको छ ।

क्लबमा केही शुल्क तिरेर सदस्यता लिन सकिने जनाइएको छ । जनरल, जुनियर, खेलाडी र लाइफटाइम गरि चार प्रकारताको सदस्यताको विभिन्न सुविधाहरु पनि क्लबले घोषणा गरेको छ ।
क्लबको सदस्यता लिएर खेलमार्फत नेपाली समाजलाई अगाडी बढाउने कार्यमा सहभागी हुन क्लबका अध्यक्ष विष्टले सबैमा आग्रह समेत गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6