Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने प्रमुख ५ खबर

नेपाल अपडेट : पढ्नैपर्ने प्रमुख ५ खबर


काठमाडौं । नेपालमा चर्चासँगै समाचारका रुपमा महत्व पाएका प्रमख ५ खबर यस्ता छन् ।

कसरी पहिचान गर्ने गरिब र बिपन्न ?
नेपाल सरकारले गरिव विपन्न तथा असाहयलाई कोरोना भाइरस परिक्षण र संक्रमित भए उपचार निःशुल्क गर्ने निर्णय गर्यो । तर, को गरिव, बिपन्न र असाहय भनेर एकिन गर्ने सरकारी संयन्त्रसँग कुनै तथ्याङक र मापदण्ड नै छैन् । गरिब–विपन्नको पहिचान गर्ने वैज्ञानिक मापदण्ड र परिचयपत्र समेत नहुँदा सरकारी यो निर्णय उही पहुँचवाला र हुनेखानेले नै पाउनेमा दुई मत छैन् । नेपालमा १८ दशमलव ७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी भएको तथ्याङक कार्तिक १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेसँगै कार्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षण र उपचार गरिव,बिपन्न तथा असाहयले मात्रै निशुल्क पाउने निर्णय गरेको थियो । यो निर्णयलाई लिएर यतिबेला सरकारको तिब्र आलोचना भइरहेको छ । गरिब पहिचान गर्न सरकारले तयारी नै नगरेको अवस्थामा कोरोना परिक्षण र उपचारक निशुल्क मापदण्ड के हो त्यो समेत जानकारीमा छैन् । साँझ र बिहाको छाक टार्न समेत धौ धौ भएका जनतालाई सरकारले उपचार आफै गर्नुपर्छ भन्दा सरकारमाथि नै प्रश्न उठेको छ । सरकारको गरिब घरधुरी पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम पनि पूर्ण हुन सकेको छैन ।

संघमा पैसा असुली, प्रदेशमा कोरोना संक्रमितको निशुल्क उपचार
संघीय सरकारले कोभिड १९ का बिरामीहरु मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार सेवा जारी राख्ने बताएका छन् । प्रदेश १ सरकार, लुम्बिनी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले ले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका संक्रमितको निःशुल्क उपचार जारी रहेको बताउनुभयो । प्रदेश एकका सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा निशुल्क उपचार जारी रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाको उपचार आफूहरुको दायित्व भन्दै निशुल्क उपचार सेवा जारी रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचलित संविधान र जनस्वास्थ्य ऐन, २०७५ को ठाडो उल्लंघन गरेर कोरोनाबाट मर्नै लागेका बिरामीको पनि उपचार नगर्ने निर्णय गरेको छ ।

पानीमा किरा भेटिएपछि उद्योग सिल
पानी उत्पादन र बिक्री गर्ने कम्पनी शुभलक्ष्मी फूड एण्ड वेभरेजले सामान्य फिल्टर प्रयोग गरेर जमिनमुनिको पानी उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । पानीमा किरा भेटिएको भिडियो सहित उपभोक्ताले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गुनासो गरेपछि गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको हो । यो कम्पनिले विभागबाट अनुज्ञा पत्रसमेत नलिएको भेटिएको छ । पानी कम्पनी पूर्ण रुपमा अवैध तथा उत्पादित पानीमा समेत कैफियत देखिएपछि विभागले उक्त उद्योगलाई सिल गरेको छ । पानीको नमूना संकलन गरेर ल्याएको विभागले आवश्यक कागज पत्र सहित विभागमा हाजिर हुन पत्र काटेको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २ हजार १०८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ९६ हजार ६०९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

जाडोयाममा कोरोनाले थप विस्तार पाउने भन्दै पूर्व तयारीको आह्वान
प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडोयाममा कोरोना संक्रमण बढ्दै जाने पूर्वानुमानअनुसार सम्बन्धित सरोकारवाला निकायहरूसँगको निरन्तर समन्वयमा रही आवश्यक पूर्वतयारी गर्न सबै पृतनाहरूलाई निर्देशन दिनुभएको छ । मंगलबार तीनदिने पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पु¥याएको बताउनुभयो । उहाँले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन, तिनको हौसला कायम राख्न आग्रह गर्नुभयो । बैठकमा जंगीअड्डाका विभिन्न



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6