Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ नेपालमा बढ्दै कोभिड–१९ का गम्भिर बिरामी, सक्रिय संक्रमितमध्ये ३२ हजार ८७३ होम आइसोलेसनमा

नेपालमा बढ्दै कोभिड–१९ का गम्भिर बिरामी, सक्रिय संक्रमितमध्ये ३२ हजार ८७३ होम आइसोलेसनमा


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । शनिबार मात्रै काठमाडौं उपत्यकामा ११ सय १० सहित २२ सय २५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमित ४६ हजार ५७ पुगेका छन् ।  यीमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा छ । सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ५९ जना, १ मा ५ हजार ९ सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा छन् ।

काठमाडौं कोरोनाको हटस्पट
काठमाडौं उपत्यका लक्षणसहितका संक्रमित थपिदा कोरोनाको हटस्पट बनेको छ । शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

बढ्दै गम्भिर बिरामी
देशभर ३ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा १८१ जना आइसियुमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, सुदुरपश्चिममा २ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6