Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै कोभिड–१९ का गम्भिर बिरामी, सक्रिय संक्रमितमध्ये ३२ हजार ८७३ होम आइसोलेसनमा

नेपालमा बढ्दै कोभिड–१९ का गम्भिर बिरामी, सक्रिय संक्रमितमध्ये ३२ हजार ८७३ होम आइसोलेसनमा


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । शनिबार मात्रै काठमाडौं उपत्यकामा ११ सय १० सहित २२ सय २५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमित ४६ हजार ५७ पुगेका छन् ।  यीमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा छ । सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ५९ जना, १ मा ५ हजार ९ सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा छन् ।

काठमाडौं कोरोनाको हटस्पट
काठमाडौं उपत्यका लक्षणसहितका संक्रमित थपिदा कोरोनाको हटस्पट बनेको छ । शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

बढ्दै गम्भिर बिरामी
देशभर ३ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा १८१ जना आइसियुमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, सुदुरपश्चिममा २ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6