Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदशैमा समेत पाएनन फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ता, सरकार भन्छ ‘स्रोत अभाव’

दशैमा समेत पाएनन फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ता, सरकार भन्छ ‘स्रोत अभाव’


काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीले अहिलेसम्म प्रोत्साहन भत्ता पाउन सकेका छैनन । मन्त्रिपरिषद्को चैत १६ मा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको ७ महिना वितिसक्दा समेत सुरक्षाकर्मीले सरकारी घोषणा अनुसारको भत्ता पाउन नसकेका हुन् ।

सुरक्षा सम्बद्ध अधिकृतहरु दसैंको मुखमा सरकारले नै कबोल गरेको भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको बताउँन थालेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले समेत हालसम्म सरकारी प्रतिबद्धता अनुसार सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको दिनुभयो । कोरोना महामारि नियन्त्रणमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाउन सकेका छैनन् । महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं भत्ता दिइएपछि चौतर्फी आलोचना भएको थियो । अहिले आधिकांश सांसदले भत्ता कोरोना कोषमा राख्ने घोषणा गरेका छन् । व्यापक विरोधपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतले भत्ता नलिने घोषणा गर्नुपरेको थियो ।

स्रोत अभावले दिन सकेनौँ–अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले भने स्रोत अभावका कारण भत्ता दिन नसकिएको जानकारी दिएको छ । प्रवक्ता उत्तरकुमार खत्रीले भने प्रोत्साहन भत्ता किन आएन भन्ने जवाफ आफूसँग नभएको बताउनुभएको छ । अनौपचारिक कुराकानीका क्रममा मन्त्रालयका अधिकारीहरुले सुरक्षा निकायबाट अपेक्षा गरिएभन्दा धेरै संख्यामा प्रस्ताव आएपछि भत्ता व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

प्रस्ताव अर्थमा पठाएको दाबी गर्ने गृह मन्त्रालयले नेपाल प्रहरीले ५१ हजार बढी सुरक्षाकर्मीका लागि एक अर्ब ३४ करोड रुपैयाँ, सशस्त्र प्रहरीले असारसम्मका लागि एक अर्ब रकम माग गरेको जानकारी दिएको छ । नेपाली सेनाबाट भने ८ हजारभन्दा बढी अधिकारीका लागि कोरोनासम्बन्धी प्रोत्साहन भत्ता माग गर्दै रक्षा मन्त्रालयमा प्रस्ताव पेश भएको छ । रक्षा मन्त्रालयका अनुसार जंगीअड्डाले ११ चैतदेखि २६ असारसम्मको भत्ताका लागि ७३ करोड ४४ लाख ८३ हजार रुपैयाँ माग गरेको छ ।

यस्तो थियो भत्ताका लागि सरकारी घोषणा
– मन्त्रिपरिषद्को निर्णयमा अग्रपंक्तिमा रहेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाई संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको छ ।

– दोस्रो पंक्तिमा रहेर संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने भनिएको छ ।

– लकडाउन र सामाजिक दूरी कायम गर्न खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भनिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6