Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsघरघरमा माक्स लगाएर दशैँको टिका, खुल्लामञ्चमा ‘हाम्रो टीम नेपाल’ ले बाढ्यो सर्वसाधारणमा दशैको खुसी

घरघरमा माक्स लगाएर दशैँको टिका, खुल्लामञ्चमा ‘हाम्रो टीम नेपाल’ ले बाढ्यो सर्वसाधारणमा दशैको खुसी


काठमाडौं । बडादशैँको मुख्य दिन सोमबार विजयादशमीका रुपमा मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँएको छ । टिका र जमरासँगै मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने यो क्रम पुर्णिमासम्म अर्थात अझ चार दिनसम्म रहन्छ । घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत विहान १०ः १९ बजे भएपनि आफू अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनकारी गराएको थियो ।

कोरोना महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गरेर अनि माक्स लगाएर सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् । सरकारले स्वास्थ्य सावधानीसहित दशैको टीका लगाउन आग्रह गरे अनुसार नै सर्वासधारणले मास्कको प्रयोग गरेको पाइएको छ । घरमा टीका लगाउँदा र मान्यजनको टीका लगाउन घरबाहिर जाँदा धेरैले मास्क प्रयोग गरेका छन् । देशका विभिन्न कोरोना अस्पतालमा समेत उपचाररत संक्रमितलाई चिकित्सकहरुले टिका तथा जमरा लगाइदिएर दशैको आशिर्वाद दिएका छन् ।

विजया दशमीको दिन उमंगको पर्व भएपनि कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्षोल्लास देखिएको छैन । विश्वव्यापी स्वास्थ्य समस्या बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहदा दशैँ समेत खल्लो भएको छ । अझ, उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका कारण विगत भन्दा चहलपहल निकै कम देखिएको छ ।

खुल्ला मञ्चमा दशैँको टिका
लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको ‘हाम्रो टीम नेपाल’ले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले सरकारको अभाव पुरा गर्न भन्दै दशैमा घर जान नपाएका तथा साहारा बिहिन भएकाहरुलाई टीका लगाईदिएको हो ।

खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दसैँको अवसर टीका लगाइदिएपछि सर्वसाधारण समेत खुसी भएका थिए । हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दसैँको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वादभन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताउनुभयो । कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गर्ने हाम्रो टिमले प्रतिबद्धता जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6